सेञ्चुरी कमर्सियल बैंकले सेयरधनीलाई ६.०५% लाभांश दिने


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, पुस २, २०७८

  • काठमाडौं, २ पुष। सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई आर्थिक वर्ष २०७७ र ७८ को मुनाफाबाट ६.०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। शुक्रबार बैंक सञ्चालक समितिको ३ सय ५२ औं बैठकले लाभांशको उक्त प्रस्ताव पास गरेको हो।

    बैंकले २०७८ असार मसान्तमा कायम चुक्ता पुँजी नौ अर्ब तीन करोडको ५.७५ प्रतिशतले हुन आउने ५१ करोड ९४ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने जनाएको छ। नगद लाभा‌ंश भने ०.३० प्रतिशत हुन आउने २ करोड ७३ लाख ४१ हजार ३६ रुपैयाँ वितरण गर्ने बैंकले निर्णय गरेको छ । राष्ट्र बैंकबाट स्वीकृत भएपछि ११ औं वार्षिक साधारणसभाबाट पारित गरेर लाभांश वितरण हुने बैंकले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार