थप २९० मा कोरोना सङ्क्रमण पुष्टि


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, पुस ६, २०७८

  • काठमाडौँ, ६ पुस । देशभर पछिल्लो २४ घण्टामा थप २९० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १७ हजार ८९ जनाको नमुना परीक्षण गरिएको थियो । गत २४ घण्टामा २३२ जना कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या आठ लाख नौ हजार ३८७ पुगेको छ । निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या आठ लाख २६ हजार २०६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    पीसीआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ४७ लाख ८४ हजार २३१ र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या सात लाख ८९ हजार १२४ पुगेको छ । कूल सङक्रमण दर १७ दशमलव तीन प्रतिशत छ । कोभिडविरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा दुई लाख ४७ हजार ८१४ रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार २४२ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट तीन जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५७७ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत रहेको छ । हाल भेन्टेलेटरमा रहनेको सङ्ख्या २५ र आईसीयूमा ९५ जना छन् ।

    होम आइसोलेसनमा चार हजार ९९३, संस्थागत आइसोलेसनमा २४९ रहेको छ । हाल देशभरमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लाहरुमा काठमाडौँ र ललितपुर रहेका छन् भने दुई सयभन्दा बढी उपचारार्थ सङ्क्रमित रहेका जिल्लाहरुमा सुनसरी, भक्तपुर, कास्की, बाँके र कैलाली छन् । शून्य सङ्क्रमित रहेका जिल्लाहरुमा मनाङ, डोल्पा, हुम्ला र बाजुरा रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा ८२३, ललितपुर ५९१ र भक्तपुरमा ४९९ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार