थप १६७ मा कोरोना सङ्क्रमण


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, पुस १०, २०७८

  • काठमाडौँ, १० पुस । पछिल्लो २४ घण्टामा देशभर थप १६७ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा छ हजार ४४७ जनाको पिसीआर परीक्षण गरिएको थियो । यससँगै नेपालमा पिसीआर परीक्षण गरिएका सङ्क्रमितको सङ्ख्या आठ लाख २७ हजार ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या ९६ हजार १२५ पुगेको छ । पछिल्लो समय थप २२६ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख १० हजार ४९७ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार