पृथ्वी जयन्तीमा बिदा माग्दै गृहमन्त्रीलाई ज्ञापन बुझाइयो


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, पुस २४, २०७५

  • पुष २३, काठमाडौं । राप्रपा सम्बद्ध भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले गृहमन्त्री रामबहादुर थापालाई भेटेर पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सार्वजनिक बिदा दिन माग गर्दै ज्ञापनपत्र बुझाएको छ । संगठनका अध्यक्ष महेशबहादुर सिंहको नेतृत्वमा गएको विद्यार्थी संगठनको प्रतिनिधिमण्डलले राष्ट्रिय एकता दिवसलाई पर्वको रुपमा मनाउन माग गरेको छ ।

    नेपालीलाई नेपाली हुनुको गर्व सहित नाम र पहिचान दिएका राष्ट्र निर्माताको राज्यका तर्फबाट सम्मान हुनुपर्ने माग सहितको ज्ञापनपत्र लिएर राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले सिंहदरबार पुगेर गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

    केही अघि बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको विस्तारित बैठकले राष्ट्रिय एकता दिवसमा सार्वजनिक बिदा दिन र राष्ट्रिय पर्वको रुपमा मनाउन माग गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार