रैथाने र राष्ट्रिय खाद्य बैंकबिच सम्झौतापत्रमा हस्ताक्षर


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, माघ १०, २०७८

  • काठमाडौँ, १० माघ । रैथाने र राष्ट्रिय खाद्य बैंकबिच एक कार्यक्रम आयोजना गरी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । खाद्य क्षेत्रमा भएको विद्यमान आवश्यकतालाई परिपूर्ति गर्न र भावी पुस्ताहरुको लागि खाद्यान्न सम्प्रभुता संरक्षण गर्न ‘पोषिलो आहारको लागि दीगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ कृषिलाई औद्योगिकीकरण गर्दै देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन योगदान पुर्‍याउँने लक्ष्य सहित मिति २०७७ कार्तिक ०४ गते स्थापना भएको राष्ट्रिय खाद्य बैंक लिंं र नेपालका रैथाने कृषि उपज तथा बस्तुहरुको संरक्षण, उत्पादन, प्रर्बद्धन, विस्तार, बजारीकरणका साथै मौलिक ज्ञान र सिपहरुको संरक्षण र प्रर्वद्धन गर्ने उद्देश्यले बहु आयामिक क्षेत्रमा क्रियाशिल विज्ञहरुको संलग्नतामा मिति २०७६ साल श्रावण २३ मा दर्ता भई काम गर्दै आइरहेको रैथाने एग्री प्रडक्टस् नेपाल प्रा।लि। बीच नेपालको मौलिक कृषि बाली, ज्ञान र सिपहरुको संरक्षण, प्रर्बद्धन र बजारीकरण गर्ने र स्वदेशमै रोजगारी सृजनाका लागि कृषि र पर्यटनमा एकीकृत अवधारणा सम्बन्धी योजना कार्यन्वयनमा सहकार्यका प्रारम्भिक सम्झौता भएको हो ।

    नेपालका ६५ प्रतिशत भन्दा बढी जनसंख्या कृषि पेशामा आधारित छन् । कुल राष्ट्रिय उत्पादनको करिब ३२ प्रतिशत हिस्सा, कृषिले ओगटेको छ । उत्पादन बृद्धि गर्ने हेतुले आयातित बिउ बिजन, रासायनिक मल तथा बिषादीहरुको अत्याधिक प्रयोगका कारण कृषि बालीमा रोग ब्याधी र किराको प्रकोप बढेको,माटोको उर्वर शक्तिमा ह्रास आएको, मानव स्वास्थ्यमा समेत प्रतिकूल असर परेको छ । साथै रैथाने बिउ, बिजन तथा परम्परागत बाली र खेती प्रणाली लोप हुँदै गईरहेका छन् भने हाम्रा मौलिक ज्ञान र सिप समेत लोपोन्मुख अवस्थामा छन् । किसानले उचित मूल्य र उपभोक्ताहरुले गुणस्तरीय वस्तुहरु उपभोग गर्न नपाउने अवस्था सृजना भएको छ । कृषि क्षेत्रमा व्यवशायीकरण नहुँदा देशमा दिगो रोजगार सृजना हुन सकेको छैन ।

    उर्वर कृषियोग्य जमिनहरु बाँझै रहेका छन् । रोजगारीको खोजीमा देशका यूवा शक्ति विदेश पलायन भइरहेका छन । देशले बार्षिक अर्बौ रुपैया बराबरको तरकारी,फलफुल लगाएतका खाद्यान्न बस्तुहरु आयात गर्ने गर्दछ । देशको पुूँजी र श्रम पलायनमा न्युनिकरण गर्दै आर्थिक बिकासको मेरुदण्डको रुपमा रहेको कृषि र पर्यटन क्षेत्रमा एकीकृत बिकासको मोडल तयार गरी कार्यन्वयन गर्न सम्झौता गरिएको रैथानेका अध्यक्ष तिलक ढकालले बताउनु भयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार