१० हजार बढी सङ्क्रमित थपिए


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, माघ १०, २०७८

  • काठमाडौँ, १० माघ । पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा २१ हजार २०१ परीक्षण गर्दा १० हजार ३१९ जनामा सङ्क्रमण पुष्टि भएको हो । सक्रिय सङ्क्रमितको सङ्ख्या ८२ हजार ५५० पुगेको छ । पछिल्लो समय दुई हजार ५४० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुने सङ्ख्या आठ लाख २४ हजार २३९ पुगेको छ । यो दर ८९.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार