श्रीराज कलेक्सनले बागबजारमा अर्को ब्राञ्च खोल्दै


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, माघ १५, २०७८

  • काठमाडौं, १५ माघ । नरदेवीस्थित श्रीराज कलेक्सनले बागबजारमा सर्टिङ सुटिङका लागि अर्को ब्राञ्च खोल्दै छ । यसै माघ १७ बाट सुट्माला नामक नयाँ ब्राञ्च सूरु हुन लागेको सञ्चालक राज कार्कीले बताएका छन् । सुट्मााला बागबजारको केएमसी कलेज अगाडी रहेको छ ।

    बागबजार सुट् हबका लागि परिचित स्थान हो । युवाहरुको आवश्यकतालाई मध्येनजर गर्दै बिभिन्न डिजाइनका आधुनिक सुट्सँग सम्बन्धित सबै सुविधाहरु उपलब्ध गराउने सञ्चालक कार्कीले बताएका छन् । यस ब्राञ्चमार्फत नेपाली उत्पादनहरुलाई पनि विशेष प्राथमिकता दिईने उनले बताए । नेपाली उत्पादन अन्र्तगत अल्लोका उत्पादनलाई जोड दिईने उनी बताउँछन् । ‘अल्लोबाट बन्ने सुट् लगायतका सामानहरु उपलब्ध गराउने छौं ।’ कार्कीले भने, ‘यसबाहेक इटालियन, इन्डियन ब्राण्डका लुगाहरु सुटमालाले उपलब्ध गराउने छ ।’

    सर्टिङ सुटिङमा एक दशक लामो अनुभब बटुलेका राज कार्कीले यो क्षेत्रमा नयाँ र फरक तरिकाले व्यवसाय सञ्चालन गरिरहेका छन् । सबैलाई पायक पर्ने स्थान बागबजारस्थित सुट्मालामा अनलाइनबाट पनि अर्डर गर्न सकिनेछ । अर्डरका आधारमा काठमाडौँ उपत्यकाभित्र होम डेलिभरी सुविधा पनि प्रदान गर्नेछ । यस्तो विषम परिस्थीतिमा पनि आफूले नयाँ ब्राञ्च सूरु गर्दा युवा पुस्तालाई सकारात्मक सोच र उर्जा मिल्ने कुरामा विश्वास लिएको सञ्चालक कार्कीले बताए ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार