नेपाल–कोरियामैत्री अस्पताललाई अमेरिकी दूतावासको सहयोग


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, माघ २८, २०७८

  • भादगाउँ, २८ माघ । नेपालका लागि अमेरिकी राजदूतावासले मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । दूतावासले बिहीबार अस्पताललाई २० थान अक्सिजन कन्सन्ट्रेटर, १० थान बाइपाइप र १० थान सिपाइप प्रदान गरेको हो । दूतावासले ती सामग्री अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं नगरप्रमुख मदनसुन्दर श्रेष्ठलाई हस्तान्तरण गरेको थियो । अस्पताल हातामा आयोजित कार्यक्रममा दूतावासले सो स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार