नेपालमा सुरु भयो गोबर आन्दोलन, नागरिकहरुलाई यस्तो अपिल


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, फाल्गुन १३, २०७८

  • काठमाडौँ, १३ फागुन । संयुक्त वीर गोर्खाली संघले माओबादी संघर्ष समिति र विप्लब संघर्ष समितिको समन्वयमा हालसम्म कै नौलो आन्दोलन घोषणा गरेको छ । नागरिकको जनजीवनलाई अफ्ठ्यारो नपारी सशक्त प्रतिरोधलाई गोबर आन्दोलनमार्फत जनमानसमा पुर्‍याउने उद्देश्यले आयोजना गर्न लागिएको हो ।

    ‘यो जनआक्रोशको नविन खाले अभ्यास हो । भ्रष्ट, दलाल तथा देशविरोधी शक्ति जति गन्हाएका छन् ति काम नलाग्ने गोबर भैसके, तिनको प्रतिनिधित्व गोबरले मात्र गर्न सक्दछ । हामी दुषित गोबरमा रुपान्तरण भएको हाम्रो नेतृत्व, पार्टीका नेता र राजनैतिक दलाली गर्ने समूहको वास्तविक चेहरा गोबरमार्फत जनमानसमा उजागर गर्ने प्रयत्न गर्दैछौा ।’ समितिले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘फसाउादै गरिएका झुक्किएकालाई ठिक ढंगले मलजल गरी जनताको गुणात्मक जनवादतर्फ उन्मूख गराई नया सरकार बनाउने हैसियत पनि राख्दछौा । यो प्रतिकात्मक मात्र नभएर प्रतिरोधात्मक आन्दोलन पनि हो ।’

    प्रस्तावित गोबर आन्दोलन २०७८ फाल्गुन ११ गते मध्यरातदेखि राजधानीलाई लक्षित गरी सुरु भएको छ । ‘देशको हित विपरीत कुनै पनि क्रियाकलाप गरेमा सम्बन्धित नेता, कर्मचारी कार्यकर्तालाई यसै सालभित्र भैरव देवलाई सााची राखि मुला कटाई गर्ने घोषणा गर्दै देशलाई सात दिनभित्र नव युगमा प्रवेश गराउने मौलिक सुत्रधार लिई स्थानिय चुनावमा देशभक्त मानवतावादी व्यक्तित्वहरुको अगुवाईमा यो आन्दोलनले देशव्यापी रुप धारण गरी सत्ता कब्जा गर्नेछ ।’ जारी विज्ञप्तीमा भनिएको छ, ‘राष्ट्रप्रति जिम्मेवार सबै इमान्दार नागरिकहरुलाई आउने शान्तिपूर्ण मानव शक्ति संघर्षको अभियानमा लामवद्ध भएर ऐक्यवद्धता जनाउने अनुरोध समेत गरिएको छ ।’

    संघर्ष समितिका अध्यक्ष विप्लव, नेकपा नेपाल निर्देशक भिक्षुनाथ, संयुक्त वीर गोर्खाली संघ प्रमुख नायक, नेकपा नेपाल महासचिव अभियान, संयुक्त गठवन्धन संयोजक हिपातद्वारा जारी विज्ञप्तीमा भावी एकीकृत जनक्रान्ति यात्रा शान्तिपूर्ण भएता पनि यसको स्वरुप लक्ष्य उद्देश्य लगायतका कार्यक्रम फाल्गुन २४ गते घोषणा गरिने जनाईएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार