बाँकेको गाभर भ्यालीमा नेपालकै पहिलो सामुदायिक जीन बैंकको उद्घाटन


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, फाल्गुन २४, २०७८

  • बाँके, २४ फागुन । बाँकेको गाभर भ्यालीमा नेपालकै पहिलो सामुदायिक जीन बैंकको उद्घाटन भएको छ । बाँके राष्ट्रिय निकुञ्ज अन्र्तगतको मध्यवर्ति क्षेत्रस्थित गाभर भ्यालीमा नेपालमै पहिलो सामुदायिक जीन बैंकको मंगलबार उद्घाटन गरिएको हो ।

    वरिष्ठ वैज्ञानिक तथा राष्ट्रिय कृषि आनुबंशिक स्रोत केन्द्र जीन बैंक (नार्क) का प्रमुख डाक्टर बालकृष्ण जोशीले यस सामुदायिक जीन बैंकको उद्घाटन गरेका हुन् । जीन बैंकले कृषि आनुबांशिकका घाँस, बाली, पशुपंक्षी, जलिय, सुक्ष्म जिवाणु र किरा गरेर ६ वटा क्षेत्रलाई समेट्छ । सामुदायिक जीन बैंक स्थापनापछि राम्रो नेटवर्क बनेको वरिष्ठ वैज्ञानिक तथा राष्ट्रिय कृषि आनुबंशिक स्रोत केन्द्र जीन बैंक (नार्क) का प्रमुख डाक्टर जोशीले बताए । स्वदेशी उत्पादनको बजारीकरण गरिनु पर्ने र विदेशी वस्तुको आयातमा न्युनीकरण गरिनु पर्नेमा उनले जोड दिए ।

    लोप हुँदै गएका मौलिक चिजवस्तु, वन्यजन्तु, वनस्पति जोगाउनु एकदमै अपरिहार्य भएको रैथाने एग्रि प्रोडक्ट प्रालीका अध्यक्ष तिलक ढकालले बताए । सीप, प्रविधि, ज्ञान, कृषि उपज, जलिय र थलिय उत्पादन नासिदै गएकोमा उनले चिन्ता व्यक्त गरे । ‘हाम्रो वातावरण, वन्यजन्तु, भाषा, पहिरन जोगाउँन सके मात्र पर्यटन फस्टाउँछ ।’ संरक्षणविद् ढकालले भने ‘पर्यटन फस्टाउँन सके मात्र जनताको आर्थिक स्तरोन्नती गर्न सकिन्छ ।’ आर्थिक अवस्था कमजोर भएमा मानिसको जीवनस्तर नसुध्रिने र वातावरणको संरक्षण गर्न कठिनाई नहुनेमा उनले जोड दिए ।

    यस्तै उद्घाटन कार्यक्रममा बोल्दै गाभर भ्याली होमस्टेका सञ्चालक कृष्ण चौधरीले नेपालमै पहिलो सामुदायिक जीन बैंकको उद्घाटन हुनु आफैमा सुखद विषय रहेको बताए । नेपालका बिभिन्न ग्रामिण क्षेत्रमा जीन बैंक सुरु गर्ने चौधरीले बताए । यस्तै अध्यक्ष पुर्मल बस्नेतले जीन बैंकले रैथाने प्रजातीका किट् मात्र नभएर अन्य जीव जन्तु, वनस्पति संरक्षण गर्ने र उनीहरु सहज रुपमा बाँच्न वातावरण सिर्जना गर्ने बताए । अरु होमस्टे, गाउ, कार्यालय र समुमदायमा पनि जीन बैंक स्थापना गर्न लागि पर्ने उनले बताए ।

    पारिस्थीकिय प्रणालि (इको सिस्टम) सन्तुलन राख्न, जैविक विविधता संरक्षणमा टेवा पुर्‍याउन, कृषि र पर्यावरणमा आधारित पर्यटन प्रवद्र्धन गर्न राष्ट्रिय कृषि आनुबंशिक स्रोत केन्द्र जीन बैंक (नार्क) खुमलटारको आयोजना तथा रैथाने एग्रि प्रोडक्ट प्रालीको सहकार्यमा मुलुककै पहिलो सामुदायिक जीन बैंकको स्थापना गरिएको हो । उद्घाटन समारोहमा सामुदायिक जीन बैंक संरक्षण सञ्जालले सरकार र सरोकारवालाको ध्यानाकषर्णका लागि ६ बुँदे घोषणापत्र जारी गरेको छ । खाद्य तथा पोषण सुरक्षाका लागि रैथाने बाली संरक्षण, मौलिक ज्ञान, सीप र प्रविधिको संरक्षण र प्रवद्र्धनमा जोड दिन सञ्जालले जोड दिएको छ ।

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार