दरबन्दीभन्दा बढी कर्मचारीलाई तलब भत्ता दिन सकिन्न : स्वास्थ्य मन्त्रालय


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, फाल्गुन २९, २०७८

  • काठमाडौँ, २९ फागुन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दरबन्दीभन्दा बढी कर्मचारीलाई तलब भत्ता दिन नसकिने जनाएको छ । मन्त्रालयले आज सातै प्रदेश र ७५३ स्थानीय तहलाई परिपत्र गर्दै दरबन्दी बाहिरका कर्मचारीलाई थप तलब भत्ता दिन नसकिने प्रस्ट पारेको हो । मन्त्रालयले दरबन्दी यकिन गरेर मात्र रिक्त दरबन्दीमा सहमति दिन पनि सबै प्रदेश तथा स्थानीय तहलाई आग्रह गरेको छ ।

    कर्मचारी समायोजन मिलानसम्बन्धी मापदण्ड २०७७ तथा स्वास्थ्य सेवाका कर्मचारीको समायोजन मिलानसम्बन्धी व्यवस्था २०७७ बमोजिम सम्बन्धित तहहरूको दोहोरो सहमतिका आधारमा मन्त्रालयबाट स्वास्थ्य सेवाका कर्मचारीको समायोजन मिलान भइरहेको मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ । दोहोरो सहमतिअनुसार समायोजन मिलान भएका कर्मचारीलाई केही प्रदेश, स्थानीय तहहरूले दरबन्दी रिक्त नभएका कारण हाजिर गराउन नसकिने भनी फिर्तासमेत गर्ने गरेको पाइएको मन्त्रालयले जनाएको छ । केही प्रदेश, स्थानीय तहहरूले स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारीलाई सहमति दिई थप तलबभत्ता मागसमेत गर्दै आएको पाइएकाले रिक्त दरबन्दीमा मात्रै सहमति दिन आग्रह गरिएको छ ।

    “मन्त्रालयबाट दरबन्दीभन्दा बढी कर्मचारीलाई तलब भत्ता व्यवस्था नगरिने हँुदा तहाँ कार्यालयले सहमति दिँदा दरबन्दी यकिन गरेर मात्रै सहमति दिन र अन्यथा सम्बन्धित तह नै जिम्मेवार हुने मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार अनुरोध गरिन्छ”, विज्ञप्तिमा भनिएको छ । सोधानन्तर घाटा बढेको र अर्थतन्त्र चौपट अवस्थामा रहेकाले यसलाई उकास्न सरकार र निजी क्षेत्रको सहकार्य जरुरी भएको उल्लेख गर्नुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार