नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघको दोस्रो साधारण सभा भोली हुने


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, चैत्र ६, २०७८

  • काठमाडौँ, ६ चैत । नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघको दोस्रो साधारण सभा भोली राजधानीमा आयोजना हुँदैछ । उक्त साधारण सभामा महासंघको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरिने महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठले बताएका छन् ।

    नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघको दोस्रो साधारण सभाले उद्यमशिलता, विकास र रोजगारीका लागि सरकारसँग बजेट माग गर्ने जनाएको छ । ‘राष्ट्रिय स्तरका वीस भन्दा बढी उद्यमी, व्यवसायीहरुलाई सम्मान प्रदान गर्नेछौं ।’ महासंघका अध्यक्ष श्रेष्ठले भने, ‘व्यवसायीहरुलाई व्यापक रुपमा महासंघमा जोड्ने प्रयत्नमा छौं ।’

    चावहिलस्थित समार्ट प्यालेसमा सञ्चालन हुने कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले प्रमुख अतिथिका रुपमा रहनेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार