फेसन डिजाइनर रोजिना श्रेष्ठ सम्मानित


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, चैत्र ६, २०७८

  • काठमाडौँ, ६ फागुन । फेसन डिजाइनर रोजिना श्रेष्ठ ‘महिला उद्यमी सम्मान २०७८’ बाट सम्मानित भएकी छिन् । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ, काठमाडौँ  जिल्लाको २० औँ साधारण सभाको अवसरमा श्रेष्ठलाई सम्मान प्रदान गरिएको हो ।

    नेपाली फेसन डिजाइनिङको क्षेत्रमा लामो समयदेखी क्रियाशिल भएर सिलाई व्यवसायलाई देश तथा विदेशमा चिनाउन सफल भएकोमा रोजिनालाई सम्मान प्रदान गरेको नेपाल कपडा तथा सिलाई व्यवसायी संघ, काठमाडौँ जिल्ला जनाएको छ ।

    फेसन डिजाइनर रोजिनाले १२ वर्ष अगाडीदेखी कायरा बुटिक सञ्चालन गर्दै आएकी छिन् । उनले बिभिन्न सेलिब्रिटीहरुका पहिरन डिजाइन गर्दै आएकी छिन् । ‘महिला उद्यमी सम्मान २०७८’ बाट सम्मानित भएपछि रोजिनाले खुसी व्यक्त गरेकी छिन् । यो सम्मानले मलाई अत्यन्तै हौसला र उर्जा मिलेको छ । रोजिनाले भनिन्, ‘व्यवसायिक यात्रामा अझै म कटिबद्ध हुनेछु ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार