सेञ्चुरी बैंकद्वारा नि:शुल्क दन्त शिविर कार्यक्रम सम्पन्न


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, चैत्र ८, २०७८

  • काठमाडौँ, ७ चैत । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड पेप्सीकोला शाखाले एकदिने नि:शुल्क दन्त शिविर कार्यक्रम सम्पन्न गरेको छ । सो शिविरमा १ सय ८ जना स्थानीय बासिन्दाहरुले सेवा प्राप्त गर्नु भएको छ । उक्त कार्यक्रममा समाज डेण्टल हस्पिटल पेप्सीकोलाको प्राविधिक सहयोग रहेको थियो ।

    बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १ सय २९ शाखा १० एक्सटेन्सन काउन्टर, २६ शाखारहित बैंकिङ्ग र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

    अन्य जानकारीका लागि बैंकको वेबसाइट https://www.centurybank.com.np/ तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार