पूर्व मिस नेपाल रुवी राणा शाह ‘राष्ट्रिय उद्यमशीलता सम्मान २०७८’ बाट सम्मानित


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, चैत्र ८, २०७८

  • काठमाडौँ, ८ चैत । सन् १९९४ कि मिस नेपाल रुवी राणा शाह ‘राष्ट्रिय उद्यमशीलता सम्मान २०७८’ बाट सम्मानित भएकी छिन् । सोमबार नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघको दोस्रो साधारण सभामा आयोजित विशेष कार्यक्रममा पूर्व मिस नेपाल शाह सम्मानित भएकी हुन् ।

    शाहलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननिय प्रेम बहादुर आलेले खादा ओढाउँदै सम्मान पत्र प्रदान गरेका थिए । पूर्व मिस नेपाल शाहले ललितपुरको झम्सिखेलमा  रुवीज् कलेक्सन सञ्चालन गर्दै आएकी छिन् । नेपाली फेसन तथा पहिरन क्षेत्रमा फरक पहिचान बनाएर स्थापित हुन सफल भएकाले उहाँलाई सम्मान गर्ने निर्णय गरेका हौं । नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठले भने, महिला उद्यमीका रुपमा उहाँ तमाम युवाहरुलाई प्रेरणाको स्रोत बन्नु भएको छ । उहाँको त्यही योगदानको कदर गर्दै ‘राष्ट्रिय सिर्जनात्मक सीप सम्मान २०७८’ प्रदान गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

    सोमबार नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघको दोस्रो साधारण सभामा मुलुकका बिभिन्न क्षेत्रका उद्यमी, व्यवसायीहरु सम्मानित भएका थिए । महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननिय प्रेम बहादुर आलेको प्रमुख अतिथि रहेका थिए । पूर्व मिस नेपाल रुवी राणा शाह मिस वीरगञ्ज सन् १९९४ कि समेत विजेता हुन् । उनले मिस एसिया प्यासिफिकमा समेत भाग लिएकी थिईन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार