प्रदेश नम्बर १ को नाम ‘किरात सगरमाथा’ राख्न किरात धर्मगुरु आत्मानन्दको सुझाव


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, चैत्र ११, २०७८

  • काठमाडौं, ११ चैत । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन ‘सेइङ’ ले प्रदेश नम्बर १ को नामाकरण ‘किरात सगरमाथा’ राख्नपर्ने बताएका छन् । यो नामले किराँती र खस आर्य दुवैलाई समेटिने पनि उनको भनाई छ । पत्रकार सचिना बानियाँसँग कुरा गर्दै आत्मानन्द लिङदेनका निजि प्रवक्ता डिल्लीराम चाम्लिङले गुरुले गरेका प्रदेशको नामाकरण र उपयुक्त हुने आधारको बारेमा जानकारी दिएका हुन् ।

    प्रवक्ता चाम्लिङले भने, ‘प्रदेश नं १ को नाम ‘किराँत सगरमाथा’ राख्ने भन्ने गुरुको ब्रम्ह्र शब्द हो । ब्रम्ह शब्दले राष्ट्र सबैलाई समेट्ने, सबैको कल्याण हुने, सबैको हित हुने, सबैको धार्मिक आस्थालाई समेट्छ ।’ राष्ट्रको हित हुने हिसाबले पनि उक्त नाम उपयुक्त हुने पनि उनले स्पष्ट पारे । चाम्लिङले आत्मानन्द गुरुको जन्म इलाम जिल्लाको माङसुबे गाउँपालिका इभाङको अगौटेमा २०११ मंसिर १८ गते शुक्रबार भएको बताए । आमाले सानैमा छाडेपछि आत्मानन्द गुरुको बाल्यकाल संर्घषमय तरिकाले बितेको थियो । उनले भने,‘गुरुले एकपटक पनि आमाको दुध खानुभएन् । बाख्रा र गाईको दुध खाएर हजुरआमासँग हुर्कनु भएको हो ।’ बाल्यकालमा बालागुरु भनिदै आएकोमा २०२७ सालबाट आत्मानन्द नाम घोषणा भएको प्रवक्ता चाम्लिङले सुनाए । अहिलेसम्म गुरुले गरेका भविष्यवाणीहरु अधिकांश मिलेको दाबी गर्दै चाम्लिङले भने,‘विश्वको आयु तथा महाप्रलय,मानव विनाशकारी तेस्रो युद्ध, २४/२५ वर्षपछि २/२ माइलमा मात्र मानिस भेटिने लगायतका धेरै भविष्यवाणी गर्नुभएको छ । यी मध्ये केही त पुगेका पनि छन् ।’ संसारमा भएका मानिसहरुको अन्त्य देश–देशबीचको लडाईबाट र महाप्रलयबाट हुने पनि उनको भनाई थियो ।

    ‘फाल्गुनन्द गुरुले १९९५ सालमा संसारमा औषधी पानीले काम नगर्ने रोग आउँछ र मानिसहरु दिनहुँ मरेको सन्न पाइन्छ भन्नुभएको थियो अहिले त्यस्तै भएको छ । दैनिक मानिसहरु मरेकै सुन्न पाइएको छ,’चाम्लिङले भने । गुरुको भनाई उद्धृत गर्दै उनले कोरोना भाइरस भगवानको भक्तिबाट मात्रै हटाउन सकिने पनि दाबी गरे । उनले विज्ञानको युग भएपनि अहिले एउटा विज्ञान मात्र चलेको र अझै तीनवटा विज्ञान चल्न बाँकी रहेको जिकिर गरे । कलियुगको अन्त्य भएर अब सत्ययुग सुरु हुन लागेको उल्लेख गर्दै कलियुगमा भगवानलाई चाँडै प्राप्त गर्न सकिने शक्ति भएको पनि उनले सुनाए । अब सत्ययुग आउन लागेको बताएको पनि बताए । उनले कोरोना महामारीको समयमा आत्मानन्द गुरुले औषधी बनाएर कोरोना भएका व्यक्तिहरुलाई निको बनाएको उनले जानकारी दिए । अबका बिरामीहरु औषधीले नभई धर्मले मात्र निको हुने गुरुले भविष्यवाणी गरेको बताए ।

    कोरोना भाइरसको मुख १ हजार रहेको भन्दै उनले कोरोना लम्पासार सुतिरहेको दाबी गरे । कोरोना लामो समयसम्म रहने पनि उनको भनाई थियो । मान्छे मात्र नभएर अब अन्नमा पनि ह्रास आउँने, अनिकाल लाग्ने, माटोको उत्पादन क्षमतामा ह्रास आउने सम्बन्धि आत्मानन्द गुरुले भविष्यवाणी गरेको उनले सुनाए । उनले भने,‘अहिले दिनहुँ बलात्कारका घटना घटिरहेका छन्, आ–आफ्ना बीच मारामार चलिरहेको छ । त्यस्तो अवस्था आउँदैन भन्न पनि सकिदैन् ।’ पृथ्वीको अन्त्य हुनेबारेमा बोल्दै प्रवक्ता चाम्लिङले प्राकृतिक प्रकोप र देश–देश बीचको युद्धका कारण हुने बताउँदै भने,‘हाम्रो गुरुमा एउटा शक्ति चाँही छ, अहिले चलिरहेको रसिया र युक्रेनको लडाई विश्वजगतले गुरुलाई रोकिदिन आग्रह गरेमा रोक्न सक्नुहुन्छ । त्यो क्षमता गुरुसँग मात्रै छ । कसैले युद्ध रोकेर शान्ति बनाइदिन चाँही गुरुलाई भन्नुपर्छ ।’

    २०७२ सालको ठुलो भुकम्पको तितो क्षण नर्बिसदै चाम्लिङले फेरी झन् ठुलो भुकम्प जाने बताए । ‘उहाँले भुकम्प अझै आउने वाला छ, एकतले घर बनाउँनुपर्छ भन्नुभएको छ । पृथ्वीमा भएका ढुंगामुढा सबैलाई रोग लागिसकेको र सिंगो पृथ्वीलाई नै बिमार लागेकोले हाम्रा विचारहरु विभिन्न किसिमको भइराखेको छ ।’ पृथ्वीलाई नै ग्रह लागेको उल्लेख गर्दै भने,‘पृथ्वीलाई नै ग्रह लागेपछि हामी त निश्चित नै समाप्त हुने नै भयौ ।’ आत्मानन्द गुरुले प्रलयकारी विनाशकारी भुकम्पले पहाडका ठाउँ–ठाउँमा डाँडा, काँडा भाासिने, तहसनहस हुने, पृथ्वीको पानी बाहिर निक्लेर उलाऊ आउँने भविष्यवाणी गरेका छन् । अब अनाजको शक्ति दिनप्रतिदिन घट्दै जाने, अन्नको सह नहुने हुँदा संसारमा अनिकाल लाग्ने भन्दै गुरुले अब मानिसहरुले थोरै खाएर धेरै बाँच्न सिक्नपर्ने बताउँदै आएका छन् । उनका अनुसार अब घाम पनि बढी लाग्ने,हावापानी पनि उसको अनुकुल बाटोमा दिशाबिहिन, गतिहीन भएर अन्न पानीमा घाटा भएपछि महाअनिकाल लाग्नेछ । भगवान कृष्ण र आत्मानन्द गुरु पनि उस्तै भएको पनि चाम्लिङले बताए । समयअनुसार भगवान मान्न पर्ने उनको भनाई थियो ।

    उनले भने,‘संसारको धर्मगुरु चाँही हाम्रो किराँत धर्म गुरु हो भन्ने मलाई लागेको छ । त्यो आस्था किराँत धर्मालम्बीहरुले बोकेका छन् ।’ पछि गएर परिस्थितिले भगवान कृष्ण जस्तो आत्मानन्द गुरुलाई बनाउने समय पनि आउने पनि जिकिर गरे । गुरुले आफु सबैको साझा हो भन्दै आएको बताए । ‘२५ वर्षमा देश–देशबीच झै–झगडा नभएमा दोस्रो देउताको रुप पाउँछ’ उनले भने, ‘यो पृथ्वी नष्ट भएपछि अर्को पृथ्वी चेप्टो खाल्को हुन्छ भनेर गुरुले भन्नुभएको छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार