कृति बिमोचन सहित अनेशास बेल्जियमको आठौँ आधिवेशन सम्पन्न


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, चैत्र १५, २०७८

  • बेल्जियम । आज मार्च २७ तारिकको दिन समाजका अध्यक्ष प्रमानन्द सापकोटाको सभापतित्व र महासचिव सौरभ कारान्जितको संचालनमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरको ८ औं अधिवेशन सम्पन्न भएको छ । सोही अवसरमा रचना वाचन तथा कृति विमोचन कार्यक्रम समेत सम्पन्न भएको हो। प्रमुख अतिथि बेनेलक्सका महामहिम राजदुत गेहेन्द्र राजभण्डारीको साथै बिशेष अतिथि एनआरएनएका उपाध्यक्ष लाल गुरुङ तथा साहित्य समाजका सल्लाहकारहरु क्रमश बिमल गिरि तथा दिपेन्द्र केशीले युरोपका नेपाली कविताहरु नामक संगालोको संयुक्त रुपमा बिमोचन गरेका थिए।

    महासचिव सौरभ कारान्जितको संचालनमा संचालन भएको खुला सत्रमा अतिथिहरुले अधिवेशनको शुभकामना दिनुका साथै समाजका उपाध्यक्ष मोहन खत्रीले स्वागत मन्तब्य दिएका थिए। बेनेलक्सका महामहिम राजदुत गेहेन्द्र राजभण्डारीको प्रमुख आतिथ्य तथा एनआरएनए बेल्जियमका उपाध्यक्ष लाल गुरुङको बिशेष आतिथ्यतामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरको ८ औं अधिवेशन सम्पन्न भएको हो । कार्यक्रमको खुला सत्रमा विभिन्न सर्जकहरुले आफ्ना कबिता वाचन गर्नुको साथै युरोपका नेपाली कविताहरु नामक कृति विमोचन समेत गरिएको थियो।

    बेल्जियमको आन्त्वेर्पेन शहरमा भएको कार्यक्रममा नेपाली दूतावास बेनेलक्सका महामहिम राजदुत गेहेन्द्र राजभण्डारीले नेपाली समाजमा सचेतना फैलाउन साहित्यले महत्वपूर्ण भूमिका खेल्ने भएकोले साहित्य सृजनामा सर्जकहरुले संवेदनशील भएर लाग्नुपर्ने बताए । नेपाली भाषा तथा साहित्यलाई विश्वस्तरमा पुर्याउनका लागि बेल्जियम लगायत विभिन्न देशमा छरिएर रहेका नेपालीहरुले समेत योगदान गरेको बताउँदै दूतावासले अनेशास जस्तो ७० देशमा बिस्तारित साहित्यिक समाजलाई दुताबासले आवश्यक सहयोग गर्ने बताए । त्यस्तै एनआरएनए बेल्जियमका उपाध्यक्ष लाल गुरुङले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनकालागि स्रष्टाहरुले सृजनाको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका थिए । कार्यक्रममा स्रष्टा तथा अनेसास बेल्जियमका कोषाध्यक्ष गोपाल दाहालले ‘युरोपका नेपाली कविताहरु’ नामक कविता संग्रहको समीक्षात्मक समालोचना गरेका थिए।

    कार्यक्रमको दोश्रो सत्रमा अधिवेशनको बन्द सत्रले डिल्ली अम्माईको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ। जसमा उपाध्यक्ष सौरभ कारान्जित,महासचिव लोक नाथ शर्मा,सचिव गोपाल दाहाल,कोषाध्यक्ष श्रीराम प्रसाई,सदस्यहरु क्रमश : मुना ताम्राकार,बुद्ध बस्नेत,बुद्धि बराल र कौशल खनाल रहेका छन् । अधिवेशनको बन्द सत्रले अनेशासको बिस्तारलाई अझै ब्यापक बनाउदै लैजानकोलागि अझै केहि सदस्यहरु थप गर्ने जिम्मेवारी अध्यक्ष सहित कार्य समितिलाई दिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार