मिथिलाञ्चलमा वासन्ती छठ पर्व सुरु


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, चैत्र २२, २०७८

  • काठमाडौं, २२ चैत । मिथिलाञ्चलसमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ अर्थात चैतीछठ पर्व सुरु भएको छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको पहिलो दिन आज बर्तालुले ‘नहाय–खाय’  (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व सुरु गर्दैछन् ।

    पर्वको पहिलो दिन पवित्र स्नान गरेर व्रत सङ्कल्प गरी चोखोनितो खाने चलन छ । शरद र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो । शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व मनाउने गरिन्छ ।

    छठपर्वमा ठकुवा, भुसुवा (कसार) सहितका मिष्ठान्न परिकारसहित पाकेका केराको घरी र अन्य फलफूल तथा दहीसहितका सामग्री बर्तालुुले अघ्र्यका बेला सूर्यतर्फ देखाउने गर्छन् । छठ सूर्य र सूर्यपत्नी षष्टीको उपासनाको पर्व हो । यो व्रतको प्रभावले हरेक मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार