
उदयपुर, ३ साउन । रौतामाई गाउँपालिकाका बिभिन्न वडाबाट सामाजिक सुरक्षा भत्ता पाउँदै आएका लाभग्राहीहरुले आ–आफ्नो वडामा गएर नाम नविकरण गर्न अनुरोध गरिएको छ । गाउँपालिकाको पञ्जीकरण शाखाका अनुसार नाम नविकरण गर्न छुटेर भत्ता प्राप्त हुन नसकेमा गाउँपालिका जवाफदेही नहुने बताईएको छ ।
साउन ३ गते प्रकाशित गरिएको एक सूचना जारी गरेर ०७७ कात्तिक मसान्तभित्रमा आआफ्नो वडा कार्यालयमा उपस्थित भएर आफ्नो नाम नविकरण गर्न सूचना जारी गरिएको छ ।