रौतामाई गाउँपालिकाको प्रगति विवरण सार्वजनिक


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, असार २०, २०७८

  • उदयपुर । उदयपुरको रौतामाई गाउँपालिकाले आर्थिक वर्ष २०७४/०७५ देखी २०७७/०७८ सम्मको प्रगति विवरण सार्वजनिक गरेको छ । ‘समृद्धि गाउँपालिका हाम्रो अभियान : सबै खुशी र सुखी रहौँ यहि हाम्रो पहिचान’ नारा बोकेको गाउँपालिकाले प्रगति विवरण सार्वजनिक गरेको हो ।

    साविककका रौत, नामेटार, भुट्टार, पोखरी, आँपटार र लाफागाउँ मिलेर रौतामाई गाउँपालिका निमार्ण भएको हो । यस गाउँपालिकाको केन्द्र भुट्टार रहेको छ । यो गाउँपालिका कृषि योग्य, जडिबुटि, आलुखेती, धसिगारे तेल उत्पादन र पर्यटकिय क्षेत्रका लागि परिचित छ । ओडारे झरना, गुल्म रानीडहर पोखरी र चित्रेले पर्यटकहरुको मन लोभ्याउँछन् । जलस्रोत हाइड्रोपावर र कृषि, तरकारी, फलफूल, धान उत्पादनका लागि प्रख्यात छ । पर्यटकिय गन्तब्यहरुको धनी छ ।

    ‘स्थानीय तहको आवश्यकता, प्राथमिकता, समस्या र माग कआदीलाई व्यवस्थापन गर्दै समृद्ध, समुन्नती र सुव्यवस्थित गाउापालिका निर्माण गर्नको लागि म निर्वाचित भएपश्चात हालसम्म भए गरेका कामहरुको प्रगती विवरण यसर्थ यस गाउापालिकाको आर्थिक सामाजिक रुपान्तरण गर्दै समृद्ध गाउापालिकाको निर्माण गर्न यस प्रगती विवरणले मार्ग प्रशस्त गर्ने कुरामा मैले विश्वास लिएको छु ।’ गाउँपालिकाका अध्यक्ष गजेन्द्र बहादुर खड्काले भने । विकास पर्यटन, कृषि र सिंचाई लगायतका पूर्वाधारमा भएको प्रगतिको विवरण सार्वजनिक भएको छ । रौतापोखरी आसपास केबुलकार सञ्चालन र गाउँपालिकाको क्षेत्रमा सुनकोसी राफ्टिङ व्यवसाय सञ्चालनको लागि सहयोग गर्ने घोषणा गरिएको छ । गाउँपालिकालाई पर्यटन केन्द्रको रुपमा विकास गर्ने निर्णय गरिएको छ ।

    शिक्षालाई अनिवार्य गरी गाउँपालिकाबाट शिक्षामा लगानी गर्ने, विद्यार्थीको संख्या हेरेर आबश्यकता अनुसार विद्यालयहरुको भौतिक संरचना निमार्ण गर्ने निर्णय गरिएको छ । गाउँपालिका केन्द्रमा १५ सैया सुविधा सम्पन्न अस्पताल सञ्चालन, एम्बुलेन्स सेवा उपलब्ध गराउने, हरेक वडामा आवश्यक जनशक्ति, औषधि, उपकरण, प्रविधी, स्वास्थ्य चौकीको व्यवस्थापन गर्ने जनाईएको छ । यस्तै धर्म, संस्कृति, संस्कार प्रवर्द्धन, विद्युत खानेपानी लगायत क्षेत्रमा उल्लेख्य सुधार गर्ने योजना सार्वजनिक गरिएको छ । गाउपालिकाले रसुवाविद्युत सर्भे, भुट्टार, सालथुम्का, लाफागाउा बेलबोटे सडक, हाईड्रो विद्युत सर्वे लगायत ३७ वटा प्रमुख योजनाहरुको विवरण सार्वजनिक गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार