विराटनगर महानगरको वडामा मतगणना सुरु


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, बैशाख ३१, २०७९

  • मोरङ, ३१ वैशाख । विराटनगर महानगरपालिकाको छ वटा वडाको मतगणना कार्य आज बिहान १० बजेदेखि सुरु भएको छ । महानगरमा रहेको १९ वडामध्ये १, २, १६, १७, १८ र १९ नं को मतगणना सुरु भएको मुख्य निर्वाचन कार्यालय विराटनरका सूचना अधिकारी होमबहादुर बुढाथोकीले जानकारी दिनुभयो । विराटनगर महानगरपालिकामा एक लाख ३३ हजार १४२ मतदाता रहेकोमा ८९ हजार ६७८(६७ दशमलव ३५ प्रतिशत) मतदान भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार