काठमाडौं महानगरपालिका–५ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को प्यानलै विजयी


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, जेष्ठ ४, २०७९

  • काठमाडौँ, ४ जेठ । महानगरपालिका–५ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार प्रेम थापाको प्यानलै विजय भएको छ । उहाँले नेपाली कांग्रेसका निकटतम प्रतिद्वन्द्वी राजेश अधिकारीलाई ६४७ मतले पछि पार्दै उहाँ आफ्नो प्यानलसहित विजय हुनुभएको हो । त्यसैगरी सदस्यमा एमालेको तर्फबाट कृष्णराज चालिसे र केशवप्रसाद श्रेष्ठ विजय हुनुभएको छ ।

    महिला सदस्य सीता थापा र दलित महिला सदस्यमा शर्मिला परियार विजय हुनुभएको जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जानकारी दिएको छ । हाल प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा आठ स्थानबाट कामपाको मतगणना कार्य भइरहेको छ । अहिले वडा नं ४, ६, ७, २९, ३०, ३१ र ३२ को मतगणना कार्य जारी छ । वडा नं १, २, ३ र ५ को मतपरिणाम सार्वजनिक भइसकेको छ ।

    परिणामअनुसार सबै वडामा एमालेका वडाध्यक्ष र केही वडामा जनप्रतिनिधिको प्यानलै विजय भएका छन् । त्यसैगरी प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपप्रमुख पदका लागि एमालेको उम्मेदवार सुनिता डङ्गोलले आफ्नो अग्रता कायम राख्नुभएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार