कालीगण्डकीले ग्यास चुल्हो लिने, इन्डक्शन चुल्हो दिने


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, जेष्ठ ११, २०७९

  • वालिङ, ११ जेठ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले प्रत्येक घरधुरीमा इन्डक्शन चुल्हो वितरण गर्ने भएको छ । गाउँपालिकाभित्र बसोबास गर्ने झण्डै चार हजार ६०० घरधुरीलाई लक्षित गरी पालिकाले ग्यास चुल्हो प्रतिस्थापन गर्दै इन्डक्शन चुल्हो वितरण गर्ने योजना अगाडि सारेको हो । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले पदभार ग्रहण गर्दै ग्यासको बढ्दो मूल्यवृद्धिलाई मध्यनजर गर्दै गाउँपालिकाभित्रका सबै घरधुरीमा विद्युतीय इन्डक्शन चुल्हो वितरण गर्ने पहिलो निर्णय गरेका छन् ।

    गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले भन्नुभयो, “घर–घरमा रहेका ग्यासका सिलिण्डर लिने र इन्डक्शन चुल्हो दिने निर्णय गरेका छौँ ।” यसलाई आगामी गाउँसभाबाट पारित गरेर लागू गर्ने उहाँले बताउनुभयो । कालीगण्डकीलाई धुँवारहित पालिका बनाउने लक्ष्यका साथ अगाडि बढेको उल्लेख गर्दै उहाँले विद्युत्को प्रयोगमा जोड दिइएको बताउनुभयो । यसअघि वडा नं ५ को दलित समुदायमा इन्डक्शन चुल्हो परीक्षणका रूपमा वितरण गरिएको थियो ।

    उक्त कार्यक्रम प्रभावकारी भएसँगै यसपटक पूरै गाउँपालिकाभरि नै इन्डक्शन चुल्हो वितरण गर्ने योजना अगाडि सारिएको हो । गाउँपालिकाले विद्युत्को पहुँच सबै घरधुरीमा पु¥याउन न्यूनतम विद्युतीय महसुल भुक्तानी गर्दै आएको छ । यसअघि पनि गाउँपालिकाले न्यूनतम २० युनिटसम्म विद्युत् महसुल निःशुल्क गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार