डीपीएल क्रिकेट : फाइनलका लागि काठमाडौं र अत्तरिया भिड्ने


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, फाल्गुन ७, २०७५

  • काठमाडौं , फागुन ७ । काठमाडौँ –धनगढी प्रिमियर लिग क्रिकेटको अन्तिम खेलमा काठमाडौं गोल्डेन्स सीवाईसी अत्तरियासँग ७ विकेटले पराजित भएको छ । तर, फाइनल प्रवेशका लागि भने यी दुई टिमले नै प्रतिस्पर्धा गर्ने भएको छ ।

    ड्रिम फाप्ला मैदानमा डीपीएलको लिग राउण्डको अन्तिम खेलमा अपराजित रहेको काठमाडौं पाँचौ खेलमा आएर अत्तरियासँग ७ विकेटले पराजित हुन पुग्यो । टस जितेर पहिले ब्याटिङ गर्नु नै काठमाडौंका लागि दूर्भाग्य बन्यो ।

    काठमाडौं , फागुन ७ । काठमाडौँ –निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ७५ रन मात्रै बनाएपछि अत्तरियाले न्यून स्कोरको चुनौती पायो । काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले ३२ रन बनाए । उनले पनि स्लो ब्याटिङ गरे । ४९ बलमा ३२ रन बनाउनु टी(२० क्रिकेटमा राम्रो मानिदैन । त्यसो त, योगेन्द्रसिंह कार्कीले १३ र अंकित दबासले १० रनमा आउट हुँदा अन्य ब्याट्सम्यानले भने दोहोरो अंक पनि जोड्न सकेनन् ।

    काठमाडौंलाई सस्तैमा समेट्ने क्रममा अत्तरियाका कप्तान दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिए । उनले दुई ओभर बलिङ गर्दै चार रन मात्र खर्चेर तीन विकेट लिए ।

    ७६ रनको झिनो रनको विजयी चुनौती पछ्याउँदै ब्याटिङ गरेको अत्तरियाले १७ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । अत्तरियाका लागि जयकिसन कोल्सवालाले ३३ रन बनाए । त्यस्तै, कप्तान दीपेन्द्रसिंह ऐरी ११ बलमा २० रन बनाएर अविजित रहँदा सन्दीप जोरा ७ रनमा नटआउट रहे ।

    अत्तरियाले पाँच खेलमध्ये चार खेलमा जित र एक खेलमा हार ब्यहोर्दै ८ अंक बनाउँदै शीर्ष स्थानमा रहेको छ । पाँच खेलमध्ये तीन खेलमा जित, एक खेलमा हार र एक खेल वर्षाको कारण रद्द भएपछि अंक बाँड्दै सात अंक बनाएको काठमाडौं भने लिग राउण्डमा दोस्रो हुँदै पहिलो क्वालिफायरमा प्रवेश गरेको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार