एक करोड १९ लाख ठगीका अभियुक्त पक्राउ


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, जेष्ठ २०, २०७९

  • काठमाडौँ, २० जेठ । करोड बढी ठगी मुद्दाका फरार प्रतिवादी ललितपुर गोदावरी नगरपालिका–४ बस्ने ४८ वर्षीय जीवनकुमार केसीलाई आज प्रहरीले पक्राउ गरेको छ । उपभोक्ता हित संरक्षण नेपालको जाहेरीले रु एक करोड १९ लाख ८४ हजार ठगीसम्बन्धी कसूरमा संलग्न रही फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीलेले नयाँ बजारबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि आजै काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार