दुवै मिर्गौला गुमाएका खत्रीद्वारा सहयोगको याचना


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, जेष्ठ २२, २०७९

  • कर्णाली, २२ जेठ । जुम्लाको तातोपानी गाउँपालिका–२ का मानबहादुर खत्री मिर्गौलाबाट पीडित हुनुहुन्छ । तीस वर्षीय उहाँका दुवै मिर्गौलाले काम गर्न छाडेको छ । खत्रीलाई उपचार गर्न आर्थिक अभाव छ ।

    खत्रीले नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार गराउँदै आउनुभएको थियो । गत चैतदेखि भने उहाँ घरमै थन्किनुभएको छ । उपचार खर्च जुटाउन नसकेर घरमै थन्किएको खत्रीले बताउनुभयो । दुवै मिर्गौला प्रत्यारोपणका लागि लाखौँ रुपैयाँ लाग्ने भएकाले आर्थिक अभावका कारण उपचार गर्न नसकेको उहाँले बताउनुभयो । खत्रीको श्रीमती र ६ वर्षीय एक छोरा हुनुहुन्छ । उहाँलाई हिँड्डुल गर्न समेत समस्या भइरहेको छ ।

    खत्रीले आर्थिक सहयोगका लागि सबैसँग आग्रह गर्नुभएको छ । सहयोग गर्न चाहने व्यक्तिलाई ९७४८९४१३२४ नम्बरमा सम्पर्क गर्न तथा सहयोगी रकम साङ्ग्रिला डेभलपमेन्ट बैंक, जुम्ला शाखामा रहेको खाता नंः ०२८०१२००३९७७२१००००१ मा जम्मा गर्न उहाँले अनुरोध गर्नुभएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार