न्युयोर्क सरकारले ‘अन्तर्राष्ट्रिय सगरमाथा दिवस’ मनाउने


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, जेष्ठ २४, २०७९

  • अमेरिका । हिमाल आरोहणका क्रममा दिवंगत भएका पर्वतारोहीहरुको सम्मानमा ‘अन्तर्राष्ट्रिय सगरमाथा दिवस’ को घोषणा गरिएको छ । अमेरिकाको अल्बानी, न्यूयोर्कमा गत मे २४ का दिन कार्यक्रम सम्पन्न भएको छ । विश्वको सर्बोच्च शिखर सगरमाथामा प्रथम पटक मानव पाईला टेकेको ऐतिहासिक दिनको स्मरणमा मनाईदै आएको अन्तर्राष्ट्रिय सगरमाथा दिवस लाई यस वर्ष न्युयोर्कको राजधानी अल्बानीमा न्युयोर्क राज्य विधान सभा सदस्य जेनिफर राजकुरमा र गभर्नर क्याथी होचेलद्वारा एसेम्ब्ली हलबाट ‘अन्तर्राष्ट्रिय सगरमाथा दिवस’ मनाउने घोषणा गरिएको छ ।

    यस ऐतिहासिक घोषणाले नेपाल र नेपालीको प्रतिष्ठामा थप उचाई प्राप्त गरेको आयोजकले बताएको छ । नेपाली महावाणिज्य दूत विष्णुप्रसाद गौतमका साथै नेपाली समुदायका विशिष्ट व्यक्तित्वहरु, विश्व कीर्तिमानी आारोहीहरुको उपस्थिीति रहेको थियो । नेपाल सरकारले मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवस का रुपमा मनाउने निर्णय गरेपश्चात यस दिवसलाई विश्वका बिभिन्न देशका पर्वतारोहीहरुले मनाउँदै आईरहेका छन् । बिगतमा वर्षहरुमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन युएस नेपा क्लाईम्बर्स एसोसियशनले न्युयोर्कस्थित नेपाली महाबाणिज्यदूताबास अमेरिकन अल्पाइन क्लब, एक्सप्लोर क्लब अफ युएसए, न्युयोक सिटी आउट्वार्ड बाउन्ड, क्लीफ लंगिसल्याण्ड सिटी र युनाइटेड शेर्पा एशोसियसन इंक, युएसए जस्ता संस्थाहरुसँग सहकार्य गर्दै आएको थियो ।

    मे २९, २०२२ मा युनाइटेड शेर्पा एसोसियसन इक, युएसए (शेर्पा किदुग) को सहयोगमा युएस नेपाल क्याईम्बर्स एशोसियसनद्वारा अन्तर्राष्ट्रिय सगरमाथा दिवसको आयोजना हुन गईरहेको छ । आयोजकले अग्रिम रुपमा सबैलाई निमन्त्रणा गरेको छ । एसेम्बली मेम्बर र गर्भनर क्याथि होचेलले अन्तर्राष्ट्रिय सगरमाथा दिवसलाई न्युयोर्क राज्यद्वारा प्रदान गरेको ऐतिहासिक घोषणाप्रति आयोजकले हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।

    कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाली महाबाणिज्य दुत विष्णु प्रसाद गौतम, अतिथि युनाइटेड शेर्पा एसोसियसनका अध्यक्ष श्रीमति छिरिङ, एनआरनए न्युयोर्क च्याप्टरका अध्यक्ष आङछिरिङ शेर्पा, युएस नेपाल क्लाईम्बर्स एशोसियसनका सलहकार भेनिसा ओब्राइन, मेम्बर अफ क्वीन्स कम्युनिटि बोर्ड ३, तथा युनाइटेड शेर्पा एशोसियसनका भूतपूर्व अध्यक्ष उर्गेन शेर्पा,, फिप्ना सभामुख सुबर्ण शाक्य लगायत बिभिन्न संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु, पर्वतारोही, बुद्धिजिवीले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार