गैरआवासीय नेपाली संघ अमेरिका ओहायाे च्याप्टरद्वारा बनभाेज तथा विबिध मनाेरञ्जनात्क कार्यक्रम सम्पन्न


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, जेष्ठ २५, २०७९

  • अमेरिका । गैरआवासीय नेपाली संघ ओहायाे च्याप्टर द्वारा अमेरिकाको ओहायाे राज्य स्थित बल्याकलिक उड्स मेट्राे पार्कमा जुन-५, २०२२ मा पहिलाे पटक वनभाेज तथा नेपाली सस्कृति झल्कने विभिन्न मनाेरञ्जनात्मक कार्यक्रम भब्यताका साथ सम्पन्न भएकाे छ। यस कार्यक्रममा ओहायाेका विभिन्न शहरबाट विभिन्न संघसंस्थामा आबद्ध नेपाली र नेपाली भाषिहरूकाे उल्लेख्य उपस्थिति थियाे।

    उक्त कार्यक्रमको संयोजन कमिटीका सबै सदस्यहरूकाे सहयोग र अध्यक्ष माेहन न्याैपानेकाे निर्देशनमा च्याप्टरका काेषाध्यक्ष हाेता राम विश्वकर्मा र सह- सचिब लाेकेन्द्र प्रशाद देबकाेटाले गर्नुभएकाे थियाे भने कार्यक्रम संचालन काेषाध्यक्ष स्वयम आफैले गर्नुभएकाे थियाे। कार्यक्रममा च्याप्टरका उपाध्यक्ष अबिचन्द्र दहालले स्वागत मन्तब्य राख्नुभएको थियाे भने NRNA USA NCC का उपाध्यक्ष श्री गाेपेन्द्र भट्टराईले NRNA USA NCC काे महत्व तथा भईरहेका गतिविधिकाे बारेमा प्रष्ट पार्नु भएकाे थियाे।

    कार्यक्रमलाई सफल पार्नकाे निम्ति च्याप्टरका युवासंयाेजक तथा लक्ष्मी ज्वयलर्सका मालिक श्री भिषन अधिकारीले बिशेश भुमिका खेल्नुभएकाे थियाे। आर्थिक संयाेजनमा च्याप्टरका सदस्य डिल्ली केरूङ र सचिव रिद्दि खड्का खट्नुभएकाे थियाे भने अन्य सहयोगीकाेरूपमा च्याप्टर महिला संयाेजक बिनिता आचार्य , सदस्य हरिहर दहाल र अन्य संगठनका शुभचिन्तकहरू सन्तोषी खड्का, निर्मला लुईटेल, देबका कडेल, एलिशा ढकाल र सागर चापागाईंले महत्त्वपूर्ण भुमिका खेल्नु भएकाे थियाे। कार्यक्रमलाई मनाेरञ्जनात्मक बनाउनकाे निम्ति आरति शर्मा र अनुष्का शर्माले नृत्य प्रस्तुत गर्नुभएकाे थियाे भने स्थानीय गायक हस्त देवले गित प्रस्तुत गर्नुभएको थियाे। साथै भाई अनुज दहाल र बहिनी ओएसिस न्याैपानेले विशेषगरी बच्चाहरूलाई केन्द्रित गरि बिभिन्न खेल खेलाउनु भएकाे थियाे।

    कार्यक्रममा ड्रर्यागन एक्सप्रेस किचेनले स्वादिष्ट भाेजन उपलब्ध गराई सहयाेग गरेकाे थियाे भने, संगठनका शुभचिन्तक श्री बिक्रम तामाङले फाेटाेग्राफर गरि सहयाेग गर्नुभएको थियाे। अन्त्यमा च्याप्टरका अध्यक्ष श्री माेहन न्याैपानेले नृत्य र गायनमा भाग लिने र खेल संयाेजन गर्ने सबैलाई पुरस्कार बितरण गर्नुभएको थियाे भने सचिब रिद्दि खड्काले आफ्नाे मन्तब्य राख्दै कार्यक्रम समापन गर्नुभएकाे थियाे।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार