• गृहपृष्ठ
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ / ब्यापार
  • विचार
  • मनोरन्जन
  • फ्रेस फेस
  • जीवनशैली
  • स्वास्थ्य

स्थानीयवासीलाई मन्दाकिनी हाइड्रोपावरको आइपिओ खुला


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, असार १, २०७९

  • काठमाडौँ, १ असार । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा रु पाँच करोड ८८ लाख तीन हजार ७०० मूल्य बराबरको पाँच लाख ८८ हजार ३७ कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) को बिक्री खुला गरेको हो ।
    आयोजना प्रभावित कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–२, ३, ४ र ६ वडाका स्थानीय बासिन्दाले यही असार १५ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे असार ३० सम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रमा उल्लेख छ । कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ मा पर्ने सार्दीखोलामा चार मेगावाट क्षमताको सार्दीखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
    साथै, एनएमबी बैंकको हेम्जा शाखा, प्राइम कमर्सियल बैंकको लामाचौर शाखा र पोखरा फाइनान्सको लाहाचोकस्थित कार्यालयका साथै कम्पनीको रजिष्ट्रार कार्यालय काठमाडौँबाट समेत आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडले जनाएको छ । कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एपी बिबी प्लस आइएस’ ग्रेडिङ प्रदान गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    माओवादी केस बैठक : साङ्गठनिक अराजकता हटाउनेदेखि आगामी योजनासम्म

    माओवादी केस बैठक : साङ्गठनिक अराजकता हटाउनेदेखि आगामी योजनासम्म

    अब सूचना विभागका सम्पूर्ण सेवा अनलाइनबाटै

    अब सूचना विभागका सम्पूर्ण सेवा अनलाइनबाटै

    आयआर्जनका माध्यम बन्दै ‘होमस्टे’

    आयआर्जनका माध्यम बन्दै ‘होमस्टे’

    सूचनाको हक प्रवद्र्धनका लागि अभियान

    सूचनाको हक प्रवद्र्धनका लागि अभियान

    बसाइँसराइ र युवा पलायन हुँदा बाँझियो खेतीयोग्य जमिन

    बसाइँसराइ र युवा पलायन हुँदा बाँझियो खेतीयोग्य जमिन

    सांसदले शून्य समयमा उठाएका समस्याको कार्यान्वयन नभएको गुनासो

    सांसदले शून्य समयमा उठाएका समस्याको कार्यान्वयन नभएको गुनासो

    ताजा अपडेट
    • सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न नपाइने

    • माओवादी केस बैठक : साङ्गठनिक अराजकता हटाउनेदेखि आगामी योजनासम्म

    • एन प्याब्सनले अमर प्रहरीका छोराछोरीलाई निःशुल्क शिक्षा दिने

    • अब सूचना विभागका सम्पूर्ण सेवा अनलाइनबाटै

    • आयआर्जनका माध्यम बन्दै ‘होमस्टे’

    • सूचनाको हक प्रवद्र्धनका लागि अभियान

    • बसाइँसराइ र युवा पलायन हुँदा बाँझियो खेतीयोग्य जमिन

    • सांसदले शून्य समयमा उठाएका समस्याको कार्यान्वयन नभएको गुनासो

    • स्वास्थ्य बिमा कम्पनीलाई दिन्नँ : स्वास्थ्यमन्त्री खतिवडा

    • मतदाता नामावली सङ्कलन र अद्यावधिक आजदेखि

    सम्पर्क

    फ्रन्टलाईन नेपाल प्रालीद्वारा संचालित
    ठेगाना : नयाँ बानेश्वर, काठमाडौं‌                                सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर : १९२० – ०७६/०७७

    इमेल : [email protected]                       सम्पर्क  : ९८५१००५७५६/ ९८२३२४९५१९

    Quick Links

    • राजनीति
    • अर्थ
    • समाज
    • घटना
    • अन्तर्वार्ता
    • देश
    • मनोरंजन
    • खेलकुद
    • शिक्षा
    • विविध
    • स्वास्थ्य
    • धर्म-संस्कृति

    हाम्रो टिम

    प्रधान सम्पादक : नरेन्द्र रौले                         कार्यकारी सम्पादक : चित्रकुमार कार्की
    सह-सम्पादक : रक्षककुमार राई ‘अभियान’     उप-सम्पादक : गगन बहादुर खत्री

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क

    © 2022 All right reserved to FrontlineNepal.com  | Site By : SobizTrend Technology