डिआईजी गिरी आईजीपी बन्ने दौडमा


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, असार २३, २०७९

  • काठमाडौं, १३ असार । नेपाल प्रहरीभित्र स्वच्छ छवि बनाएका सुदीप गिरी डिआईजी पदमा बढुवाको लागि सिफारिस भएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बाट सरुवा भएर काठमाण्डौं प्रहरी प्रमुख बनेका गिरीले उपत्यकाको शान्ति सुरक्षामा सुधार गरेका थिए । राजधानी उपत्यकाको सुरक्षाको जिम्मेवारी प्रहरीभित्र महत्त्वपूर्ण मानिन्छ । गिरीले त्यो चुनौतीलाई सामना गरेर सफलता हासिल गरेका छन् ।

    गिरी आफ्नो ब्याचमा सबैभन्दा सिनियर हुन् । आठौं नम्बरमा बढुवा भएपनि २०५२ सालको ब्याचबाट बढुवा हुने सूचीमा उनी दोस्रो नम्बरमा छन् । नेपाल सरकारले गिरी लागयतका एसएसपीहरूलाई आठ असारमा डिआईजी पदमा बढुवा गर्ने निर्णय गरेको थियो ।

    उक्त ब्याचमा डिआईजी गिरीलाई भविष्यको आईजीपीको रूपमा हेरिएको छ । २०५२ सालको ब्याचबाट आईजीपी बन्ने अवस्थामा उनी आईजीपी बन्ने सबैभन्दा बलियो सम्भावना प्रहरी अधिकारी हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार