आइएलओको सहयोगप्रति आभार प्रकट


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, असार २४, २०७९

  • काठमाडौँ, २४ असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) का राष्ट्रिय निर्देशक डा रिचार्ड हवार्डबीच शिष्टाचार भेटवार्ता भएको छ । शुक्रबार मन्त्रालयमा भएको भेटमा मन्त्री कुँवरले श्रमिकको उचित न्याय र स्वदेशमै रोजगारी सिर्जनाका लागि मन्त्रालयले गरिरहेको तयारीबारे जानकारी गराउनुभएको थियो ।

    आइएलओले नेपालको श्रम क्षेत्रलाई व्यवस्थित बनाउन र सामाजिक सुरक्षासम्बन्धी योजनामा गरिरहेको सहयोका लागि धन्यवाद दिँदै उहाँले आगामी दिनमा सहकार्यलाई निरन्तार दिन आग्रह गर्नुभयो । भेटमा राष्ट्रिय निर्देशक डा हवार्डले श्रमिकको सुरक्षा, न्याय र रोजगारी वृद्धिका लागि नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार