टान निर्वाचनमा तीन व्यवसायी समूहबीच प्रतिस्पर्धा


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, साउन २७, २०७९

  • काठमाडाैं । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ । टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र समूहले उम्मेदवारी दर्ता गराएको हो ।

    टानको अध्यक्ष पदमा नीलहरि बास्तोला र कमल सापकोटाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएको टान सचिवालयले जनाएको छ । बोधराज भण्डारीको स्वतन्त्र समूहले अध्यक्ष र उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

    बास्तोला प्यानलबाट अध्यक्षमा बास्तोला वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्ष प्रदीप पण्डित, द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा (बाबु), सचिव होमनाथ भट्टराई र कोषाध्यक्षमा पुरुषोत्तम तिमिल्सिना तथा सहकोषाध्यक्षमा छिङ दोर्शी शेर्पा रहनुभएको छ ।

    यस्तै सदस्यहरुमा रामप्रसाद बञ्जारा, राजु अर्याल, गणेशबहादुर अधिकारी, कुमार लामा, नविनाथ देवकोटा, सुवास भण्डारी, लाक्पा दोर्जे शेर्पा, हेमबहादुर कार्की तथा महिला सदस्यमा सजना त्रिपाठीले उम्मेदवारी मनोनयन गराउनुभएको छ ।

    त्यस्तै सापकोटा समूहको अध्यक्षमा सापकोटा, वरिष्ठ उपाध्यक्षमा सरिता लामा, प्रथम उपाध्यक्षमा देवेन्द्र पोखरेल, द्वितीय उपाध्यक्षमा दावा लामा तामाङ, महासचिवमा नरध्वज तामाङ (क्षितिज), कोषाध्यक्षमा प्रमिला देवकोटा पाण्डे, सहकोषाध्यक्षमा रिञ्जी जाङ्बु शेर्पा र सचिवमा हरि कँडरिया रहनुभएको छ ।

    त्यस्तै सदस्यमा दोर्जे तामाङ, विनोद वस्ती, राजेश थपलिया, कान्छा गुरुङ, निर्मला सापकोटा खनाल, कृष्णबहादुर परियार, रामचन्द्र लामिछाने र शरण अधिकारी रहनुभएको छ । अध्यक्षका अर्का प्रत्यासी भण्डारीको स्वतन्त्र समूहमा वरिष्ठ उपाध्यक्षमा गणेश न्यौपानेले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

    अध्यक्षका प्रत्यासी बास्तोलाले टानको गरिमालाई उँचो बनाउँदै पर्वतीय पर्यटन व्यवसायमा देखिएका समस्या समाधान गर्न केन्द्रित हुने बताउनुभयो । अर्का प्रत्यासी सापकोटाले टानलाई व्यवसायमैत्री बनाउने विश्वास व्यक्त गर्नुभयो । अध्यक्षका प्रत्यासी भण्डारीले पनि टानलाई व्यवसायीको हित अनुकूलको संस्थाका रूपमा काम गर्ने बताउनुभयो ।

    टानको ४४औँ साधारणसभा एवं नयाँ कार्यसमिति चयनका लागि हुने मतदानका लागि एक हजार दुईसय ५० मतदाता पुुगेका हुुन् । टानको केन्द्रीय कार्यसमितिको निर्वाचनमा अध्यक्षसहित १७ पदाधिकारी तथा सदस्य निर्वाचित हुनेछन् ।

    –रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार