कुलुङ्ग शेर्वी किदुकको अध्यक्षमा पुन: ङिमा नुर्बु शेर्पा


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, भदौ १, २०७९

  • काठमाडौँ, १ भदौ । कुलुङ्ग शेर्वी किदुकको ११ औं वार्षिक साधारण सभाबाट ङिमा नुर्वु शेर्पालाई पुनः अध्यक्षमा चयन गरेको छ । गत साउन २७ गते शुक्रवार काठमाडौंको जोरपाटीस्थित शेर्पा पार्टी प्यालेसमा सम्पन्न सभाले शेर्पालाई अध्यक्षमा चयन गरिएको हो ।

    राजधानीमा सम्पन्न साधारण सभाले ङिमा नुर्वु शेर्पाको अध्यक्षतामा १३ सदस्य नयाँ कार्यसमिति चयन गरिएको हो । नव निर्वाचित कार्यसमितिमा अध्यक्ष – श्री ङिमा नुर्बु शेर्पा (चेरेम), उपाध्यक्ष – श्री ल्हाक्पा कितर शेर्पा (खिरौले), महासचिव – श्री मिङमा शेर्पा (चेपेल), सचिव – श्री ङिमा साङगे शेर्पा (खिरौले), कोषाध्यक्ष – श्री कर्साङ शेर्पा (खिरौले), सदस्य – श्री मिङमा नुरु शेर्पा (जुके), सदस्य – श्री नाङ टाडो शेर्पा (चेपेल), सदस्य – सुश्री फुर्किमा शेर्पा (चेपेल), सदस्य – श्री देन्डी शेर्पा (खिरौले), सदस्य – श्री देन्डी शेर्पा (गाईखर्क), सदस्य – श्री गाल्देन शेर्पा (चेरेम), सदस्य – श्री पेम तेन्जी शेर्पा (मामेर्कु), सदस्य – श्री पासाङ शेर्पा (बोक्सुवार) चयन गरिएको हो ।

    कुलुङ्ग शेर्वी किदुकको सल्लाहकार तथा नेपाल बौद्ध महासंघको निवर्तमान अध्यक्ष श्रद्वेय धर्मगुरु आचार्य नुर्बु शेर्पाको प्रमुख आतित्थ्यमा सम्पन्न सम्मेलनले छात्रबृत्ति समेत वितरण गरिएको थियो । कुलुङ्ग क्षेत्रबाट सरकारी विद्यालयमा अध्ययन गरि एस.ई.ई. उत्तिर्ण उत्कृष्ट विद्यार्थीहरुलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो । कुलुङ्ग शेर्वी किदुले बिभिन्न जिल्लाबाट काठमाडौं उपत्यकामा आएर शेर्पा समुदायका बिभिन्न संघ, संस्थाले प्रदान गर्ने मध्ये धेरै राशी भएको पुरस्कारको घोषणा पनि गरेको छ । जस अनुसार एसइइमा सर्बोत्कृष्ट नम्बर हासिल गर्नेलाई पहिलोलाई ५० हजार रुपैंयाँ, दोस्रोलाई ३० हजार रुपैंयाँ, तेस्रोलाई २० हजार रुपैंयाँ प्रदान गरिने बताईएको छ ।

    छात्रवृत्ति पुरस्कार एस.ई.ई. मा ३.०५ अंक ल्यान सफल सोलुखुम्बु जिल्ला महाकुलुङ गाउँपालिका वडा नं. १, खिरौलेकी सुश्री ङिमा दिकी शेर्पाले ‘स्व. आङ बाबु शेर्पा स्मृति विद्या पुरस्कार’ नगद रु.५० हजार रुपैंयाँ भने २.९५ अंक ल्याउन सफल सोलुखुम्बु जिल्ला माप्यदुधकोशी गाउँपालिका वडा नं. ७, फुर्सेकी सुश्री सोनी शेर्पाले स्व. ङातेम्बा शेर्पा स्मृति विद्या पुरस्कार रु. ३० हजार रुपैंयाँ र २.८५ अंक ल्याई सोलुखुम्बु जिल्ला माप्यदुधकोशी गाउँपालिका वडा नं. ७, फुर्सेकी सुश्री पेमा याङडी शेर्पाले ‘स्व. फूर्तेन्जी शेर्पा स्मृति विद्या पुरस्कार’ नगद रु २० हजार रुपैंयाँ प्राप्त गरिएको संस्थाका सचिव ङिमा साङगे शेर्पाले जानकारी दिनुभयो ।

    सभामा किदुगका संरक्षक सदस्य, आजीवन सदस्य, साधारण सदस्य, पूर्व कार्यसमितिहरूलाई सम्मान पत्र प्रदान गरिएको थियो भने संस्थाका पाँच जना सदस्यलाई विशिष्ठ सम्मान पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा कुलुङ्ग शेर्वी किदुकको सल्लाहकार तथा नेपाल बौद्ध महासंघको निवर्तमान अध्यक्ष श्रद्वेय धर्मगुरु आचार्य नुर्बु शेर्पाको प्रमुख आतित्थ्य र यस किदुकको अध्यक्ष श्री ङिमा नुर्बु शेर्पाको सभापतित्वमा सम्पन्न औपचारिक कार्यक्रममा विशेष अतिथिहरुको रुपमा कुलुङ्ग शेर्वी किदुकको सल्लाहकार तथा सस्थापक अध्यक्ष श्री ओङ्छु शेर्पा, निवर्तमान अध्यक्ष श्री नाम्गेल शेर्पा र यस कुदुकको सदस्य तथा नेकपा माओवादी (केन्द्र) सोलुखुम्बुको पूर्व जिल्ला अध्यक्ष श्री गोम्बु शेर्पा (कर्ज्याङ्) रहनुभएको थियो ।

    किदुगले सोलुखुम्बु जिल्लाको महाकुलुङ्ग क्षेत्रका शेर्पा समुदायलाई आपतविपतको समयमा सहयोग गर्ने, त्यस क्षेत्रका शेर्पा समुदायको भाषा, कला, संस्कृतिको संरक्षण गर्ने, त्यस क्षेत्रका समुदायलाई एकिकृत गर्ने लगायत शेर्पा समुदायको व्याक्तित्व विकास गर्ने कार्यक्रमहरु आयोजना गर्दै आई रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट