नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघको आयोजनामा बृहत बनभोज कार्यक्रम सम्पन्न


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, भदौ २२, २०७९

  • काठमाडौँ, २२ भदौ । नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघको आयोजना तथा काठमाडौँ, भक्तपुर, ललितपुर जिल्लाको सह आयोजनामा बृहत बनभोज कार्यक्रम २०७९ सम्पन्न भएको छ । गत शनिबार भक्तपुरको प्राकृतिक मनोरमले भरिएको पाइलट बाबामा बनभोज कार्यक्रम सम्पन्न भएको हो ।

    उक्त बनभोज कार्यक्रममा कलाकारहरु धिरज राई, राजु कमेडी भुजेल (रेन्बो), कुमार कार्की, नकुल गौतम, लोक गायिका शर्मिला श्रेष्ठ, गायक तथा संगीतकार दिनेश लामा, हास्यकलाकार सुरेश थापा (दर्शने) को उपस्थीति रहेको थियो । यस्तै माननिय निरादेवी जैरु, नेपाल सौन्दर्य कला व्यवसायी संघकी अध्यक्ष कमला श्रेष्ठको पनि विशेष उपस्थिीति रहेको थियो ।

    नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा बाग्मति प्रदेश सचिव राज कार्कीले आम व्यवसायीहरुबिच पारस्परिक सद्भाव र सुमधुर सम्बन्ध बिस्तार गर्नका लागि बनभोज कार्यक्रम आयोजना गरिएको बताए । बृहत बनभोज कार्यक्रम २०७९ का संयोजक समेत रहेका कार्कीले यति भब्य उपस्थितीले संगठनलाई थप उर्जा, उत्साह मिलेको बताए ।

    यस्तै नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठले व्यवसायीहरुको जमघटले आफूलाई अत्यन्तै खुसी लागेको बताए । आगामि दिनमा व्यवसायीको हक, हितका लागि संस्था लागि पर्ने बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट