बेल्जियम । अन्तराष्ट्रिय नेपाली साहित्य समाज अनेसास बेल्जियम र साङ्ग्रिला समाज बेल्जियमको संयुक्त आयोजनामा १५६ औ मोति जयन्तिमा साहित्यिक रचना बाचन एबम श्रद्धाञ्जलि अर्पण कार्यक्रम सम्पन्न भएकोछ । साङ्ग्रिला समाजले सन्चालन गर्दै आएको नेपाली भाषा कक्षाकाबिद्यार्थी बाबुनानीहरुसँगै सोहि बिद्यालयमा भएको कार्यक्रममा बिभिन्न बक्ताहरुले नेपाली साहित्य र भाषाको उत्थानको लागि मोतिराम भट्टको योगदानको चर्चा गर्नु भएको थियो ।
आदिकबि भानुभक्त आचार्यको साहित्यको संरक्षण र बिस्तार एवं आधुनिक साहित्यको विकासमा भट्टको अतुलनिय योगदान रहेको, छोटो उमेरमा पनि धेरै काम गरेकोले नेपाली भाषा साहित्यप्रेमीहरुले उनलाई सधै सम्झि रहनेछ्न् भन्ने उपस्थित अतिथिहरुको भनाई थियो ।
एनआरएनए बेल्जियमका अध्यक्ष खड्क बहादुर केसीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा परमानन्द सापकोटा, चन्द्र शर्मा , ब्रह्मदत्त वाग्ले , बिमल गिरी, जमुना गैरे बास्तोला, मोहन खत्री, दिपेन्द्र केसी, गोपाल दाहाल, जगदिश सापकोटा, यामु निरौला, खड्क केसी,ओम शर्मा र नारायण अधिकारीले कबिता मुक्त लगायतका रचना बाचन गर्नुभएको थियो ।
अनेसासका पुर्ब अध्यक्ष दिपेन्द्र केसीले कबि मोतिराम भट्ट्को जीबनीको बारेमा प्रकाश पार्नु भएको कार्यक्रममा भाषा कक्षाकि शिक्षिका रुबिना शर्माले बिध्यालय सन्चालनमा आएका चुनौति र ब्यबस्थापनको अनुभब र बालबालिकाहरुको उत्साह र सिकाई बारेमा जानकारी गराउनु भएको थियो । साङ्ग्ररिला समाजकी महासचिब एबम शिक्षिका निलम घिमिरेले अतिथिहरुलाई स्वागत गर्नु भएको थियो । नारायण अधिकारी , निलम घिमिरे, रुबिना शर्मा, परमानन्द सापकोटा र रिना शाहीले स्वयमसेबकको रुपमा बालबालिकाहरुलाई नेपाली भाषा सिकाईरहनु भएकोछ। सोहि भाषा बिद्यालयका बिध्यार्थी बितृष्णा पौडेल र श्रृष्टि अधिकारीले कवि मोतिरामको बारेमा रचना सुनाउनु भएको थियो ।
कार्यक्रमका संयाजक एवं साङ्ग्रिला समाजका अध्यक्ष नारायण अधिकारीले उपस्थितहरुलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो । अनेसास बेल्जियमका अध्यक्ष डिल्लि अम्माईको सभापतित्वमा भएको कार्यक्रमको सन्चालन महासचिब लोकनाथ शर्माले गर्नु भएको थियो । साहित्य रचनालाई वालवालिकाहरुले चासोपुर्बक सुनेका थिए भने कबि मोतिराम भट्टको बारेमा पनि उनिहरुले बुझ्ने गरि जानकारि गराइएको थियो ।