एनआईसी एसिया बैंकसँग नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघको सम्झौता, व्यवसायीलाई यस्ता छन् फाइदा


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, अशोज १, २०७९

  • काठमाडौँ, १ अशोज । नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघ र एनआईसी एसिया बैंकबीच सम्झौता भएको छ । सबैभन्दा धेरै स्थानहरुमा शाखा विस्तार गरि अग्रणी स्थान हासिल गर्न सफल एनआईसी एसिया बैंक र नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघबीच शुक्रबार एक कार्यक्रम गरि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

    यस सम्झौता अनुसार देशभरीका ७७ वटै जिल्लाका नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघका सदस्यलाई सहुलियत कर्जा, बिना धितो ऋण, जीवन बीमा, घातक रोग बीमा, औषधी उपचार बीमालगायत बैंकको तर्फबाट विविध सेवा सुविधा प्रदान गरिने छ । एनआईसी एसिया बैंकसँग भएको यस सम्झौताले धेरै व्यवसायी लाभान्वित हुने महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठले बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार