लायन्स क्लब अफ काठमाडौं ब्राईट स्टार र लियो क्लब अफ काठमाडौं ब्राईट स्टार (डिस्ट्रिक ३२५ एम) को संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, मंसिर १६, २०७९

  • काठमाडौं । लायन्स क्लब अफ काठमाडौं ब्राईट स्टार र लियो क्लब अफ काठमाडौं ब्राईट स्टार (डिस्ट्रिक ३२५ एम) को संयुक्त आयोजनामा बिहिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंको सोर्‍हखुट्टेमा रक्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गरेका थिए ।

    ब्लड डोनर्स संघ काठमाडौं मिड च्याप्टरको ब्यबस्थापन तथा कान्तिपुर अस्पताल तीनकुने काठमाडौको प्राविधिक सहयोगमा उक्त रक्तदान कार्यक्रम आयोजना गरिएको हो । यस कार्यक्रमलाई हाम्रो उद्यमी बचत तथा ऋण सहकारी संस्था लिमिटेड र एस हिमालयन क्याफे प्रा.लि.ले प्रायोजन गरेका थिए । धेरै जनालाई डेंगु लागेको र अस्वस्थताका कारण करिब ५० जना रक्तदानबाट बञ्चित भएका थिए ।

    कार्यक्रमलाई बिभिन्न तवरबाट साथ र सहयोग प्रदान गर्नेलाई लायन्स क्लब अफ काठमाडौं ब्राईट स्टारका तर्फबाट धन्यवाद ज्ञापन गरिएको अध्यक्ष लायन राम शरण ढकालले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट