नेपालय कलेजको स्वागत तथा दिक्षान्त समारोह सम्पन्न


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, फाल्गुन २४, २०७९

  • काठमाडौँ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपालय कलेजको स्वागत तथा दिक्षान्त समारोह सम्पन्न भएको छ । कालीमाटीको कालीमाटी बैंकटमा मंगलबार एक भब्य समारोहमा नेपालय कलेजले स्वागत तथा दिक्षान्त समारोह भव्य रुपमा सम्पन्न गरेको छ । नेपालय कलेजले मंगलबार आयोजना गरेको समारोहमा वार्षिक दिक्षान्त समारोहमा स्नातकोत्तर तह, स्नातक तह र उच्च मावि तह उत्तिर्ण करीव १ हजार २ सय विद्यार्थीहरू सहभागी थिए ।

    नेपालय कलेजमा ऊच्च मा.वि., विविएस्, विविएम, विएस्सी सीएसआईटी, विसिए तथा एमविएस कार्यक्रमहरु संचालनमा छन् । हाल यस कलेजमा करीव १ हजार ८ सय विद्यार्थीहरू अध्ययनरत छन् । कलेजका प्रिन्सिपल कृष्ण प्रसाद डोटेलले कलेजले विगतका वर्षहरु जस्तै निरन्तर गर्दै आएको वार्षिक कार्यक्रमहरूमध्ये यस पटक पनि निरन्तरता दिन पाउँदा खुसी लागेको  बताए । ‘नेपालय कलेजलाई मुलुककै उत्कृष्ट कलेज बनाउने हाम्रो धोको हो ।’ डोटेलले भने, ‘सैद्धान्तिक ज्ञान मात्र होईन प्रयोगात्मक ज्ञानमा हामी विशेष जोड दिनेछौं ।’ स्वागत तथा दिक्षान्त समारोहको अवसर पारेर मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालसँग समझदारी पत्रमा हस्ताक्षर गरिएको थियो । अस्पतालका तर्फबाट कार्यकारी निर्देशक डा. नस्तु प्रसाद शर्मा र नेपालय कलेजका तर्फबाट प्रधानाध्यापक कृष्णप्रसाद डोटेलले सम्झौता पत्रमा संयुक्त रुपमा हस्ताक्षर गरेका थिए ।

    कार्यक्रमका प्रमुख अतिथि रहेका बाग्मती प्रदेशका कृषी तथा पशुपंक्षी मन्त्री केशब प्रसाद पोखरेलले सबै दिक्षान्त भएका विद्यार्थीहरुको उज्जवल भविष्यको कामना गरे । जुनसुकै पेशा अपनाए पनि त्यसमा व्यवसायीक बन्न उनले आग्रह गरे । कृषि उत्पादनमा बढावा दिन कृषि अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई ‘कृषि दूत’ बनाउने उनले घोषणा गरे ।

    यस्तै कार्यक्रममा स्वागत मन्तब्य दिदै कलेजका एड्भाइजर डा.राजन थापाले गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति दिने घोषणा गरे । सो कार्यक्रमको सभापतित्व कलेजका शैक्षिक अध्यक्ष उत्तम प्रसाद कायस्थले गरेका थिए । कार्यक्रममा कलेजका सञ्चालक समितिका सदस्य तथा निर्देशक अरमान अलिको उपस्थिीति रहेको थियो । यस्तै अतिथिका रुपमा प्रोफेसर कमलदीप ढकाल, डिलाराम भण्डारी, रमेश रायमाझी, भाइस प्रिन्सिपल राजु काफ्ले, संस्थापक सदस्य पुष्करराज पन्त, विजय मोक्तान लगायतको उपस्थिीति रहेको थियो । सो कार्यक्रमलाई कलेजका सञ्चालक अध्यक्ष श्रीराम हिरा पाठकले शुभकामना मन्तब्य दिदै कलेजबाट अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई रोजगारीको अवसर सिर्जना गर्न बिभिन्न उद्योग व्यवसायसँग सहकार्यको पहल गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार