सङ्घीय संसद् र राससबीच सम्झौता


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, चैत्र ५, २०७९

  • सङ्घीय संसद् सचिवालय र राष्ट्रिय समाचार समिति (रासस) बीच संसद् गतिविधिसम्बन्धी समाचार सङ्कलन-सम्प्रेषण गर्ने सन्र्दभमा आज सम्झौता भएको छ ।

    राससले सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको समग्र गतिविधि एवम् कार्यक्रमसम्बन्धी समाचार तटस्थ र निष्पक्ष ढङ्ग सम्प्रेषण गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

    संसद् सचिवालयका तर्फबाट सचिव डा रोजनाथ पाण्डे र राससका तर्फबाट महाप्रबन्धक सिद्धराज राईले संसद् सचिवालयमा हस्ताक्षर गर्नुभएको हो । राससले सङ्घीय संसद् र संसदीय समितिसम्बन्धी समाचार तथा तस्बिर प्राथमिकताका साथ सदैव सम्प्रेषण गर्दै आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार