युवा उद्यमी राज कार्की नेपाल सिलाई व्यवसायी महासंघको कोषाध्यक्षमा सर्वसम्मत चयन


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, चैत्र ७, २०७९

  • काठमाडौँ । युवा उद्यमी राज कार्की नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघको कोषाध्यक्षमा सर्वसम्मत चयन भएका छन् । सोमबार काठमाडौँमा सम्पन्न महासंघको दोस्रो महाधिवेशन तथा तेस्रो साधारणसभाबाट कार्की कोषाध्यक्ष पदमा चयन भएका हुन् ।

    लामो समयदेखी कपडा तथा सिलाई व्यवसायमा आवद्ध कार्की हाल नेपाल कपडा तथा सिलाई व्यवसायी संघ काठमाडौँ जिल्लाका अध्यक्ष समेत हुन् । उनले काठमाडौँको बागबजारमा सुटमाला र नरदेवीमा सर्टिङ सुटिङ सञ्चालन गरिरहेका छन् । कपडा तथा सिलाई व्यवसायीहरुको हक, हित र अधिकारका लागि उनी क्रियाशिल छन् ।

    महासंघमा निर्वाचित पदाधिकारीको पदावधि तीन बर्षको हुने महासंघको विधानमा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट