महाराजगञ्जमा खुल्यो चिया सागरको नयाँ आउटलेट्


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, जेष्ठ १७, २०८०

  • काठमाडौँ । नयाँ बानेश्वरपछि चिया सागरले महाराजगञ्जमा नयाँ आउटलेट् सञ्चालनमा ल्याएको छ । गणतन्त्र दिवसकै अवसर पारेर महाराजगञ्जस्थित श्रीकान्ति मार्ग चिया सागरको आउट्लेट उद्घाटन गरिएको हो ।

    गत सोमबार नायक सलोन बस्नेत र मोडल याङ्शु श्रेष्ठले संयुक्त रुपमा चिया सागरको नयाँ आउटलेट् उद्घाटन गरेका हुन् । चिया सागरको यो दोस्रो ब्राञ्च हो । यसअघि नयाँ बानेश्वरमा केशव शर्मा, प्रकाश पौडेल र नवीन शर्माले चिया सागर सञ्चालनमा ल्याएका थिए । सञ्चालक अनुसार चिया सागरले ५५ प्रकारका चिया उपलब्ध गराउँछ । विशेषगरी चिया सागरको मेनुमा मट्का, मसाला, आइस टि, घरको चिया, हर्बल टि, ग्रिन टि, फ्रुट् टि उपलब्ध छन् ।

    चिया पारखीहरुलाई फरक स्वाद चखाउने उद्देश्यले खोलिएको चिया सागरले छोटो समयमै सफलता हासिल गरेको छ । त्यही उत्साहले महाराजगञ्जमा नयाँ आउटलेट् सञ्चालनमा ल्याएको सञ्चालक मध्येका एक केशव शर्माले बताए । चिया सागरको मेनुमा ५० देखी १ सय ६० रुपैंयाँका चियाका आइटम उपलब्ध छन् । सिंगो पट् अर्डर गर्नु परेमा २ सय देखी ३ सय ५० रुपैंयाँ मूल्य तोकिएको छ । चिया, कफी बाहेक बेकरी र स्यान्ड्विच पनि अर्डर गर्न सकिन्छ । चिया सागर बिहान ६ बजेदेखी साँझ ८ बजेसम्म खुल्ला रहन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार