भेट्रान फुटबल अर्को साता


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, पुस २०, २०८०

  • काठमाडौँ, २० पुस : कुसुन्ती युवा क्लबको आयोजनामा कुसुन्ती मेयर कप भेट्रान फुटबल प्रतियोगिता यही पुस २४ देखि २८ गतेसम्म सञ्चालन हुने भएको छ ।

    उक्त प्रतियागितामा ३२ टोली सहभागी हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष निरज खड्काले जानकारी दिनुभयो । चालिस वर्षभन्दा बढी उमेरका व्यक्ति प्रतियोगितामा सहभागी हुन पाउनेछन् । प्रतियोगिताको विजेता टोलीले रु एक लाख ५० हजार तथा उपविजेताले रु ७५ हजार पुरस्कार प्राप्त गर्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार