प्युठान जिल्लाको ऐरावति गाँउपालिका सामाजिक सुरक्षा कोषमा आबद्ध


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, माघ २, २०८०

  • काठमाडौँ, २ माघ । सरकारले शुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम अन्र्तगत प्युठान जिल्लाको ऐरावति गाँउपालिका आबद्ध भएको छ । अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने सरकारको विशेष योजना अन्र्तगत प्युठान जिल्लाको ऐरावति गाँउपालिका यसै पुष २९ गतेबाट कोषमा आबद्ध भएको हो ।
    सामाजिक सुरक्षा कोषका तर्फबाट कोषका उपकार्यकारी निर्देशक विवेक पन्थी र ऐरावति गाँउपालिकाका तर्फबाट गाँउपालिका अध्यक्ष नबिल विक्रम शाहले संयुक्त रुपमा कोषको केन्द्रीय कार्यालयमा सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

    ऐरावति गाँउपालिका अध्यक्ष नबिल विक्रम शाहले आफ्नो गाँउपालिकामा रहेका अनौपचारिक क्षेत्र तथा स्वरोजगारका श्रमिकलाई चालु आर्थिक वर्षबाट नै कोषमा आबद्ध गर्ने प्रकृया सुरुवात गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । त्यसको लागि गाँउपालिकाले तत्कालै सुचना जारी गरि श्रमिकबाट आबेदन माग गर्ने कार्यको थालनी गर्ने बताउनुभयो ।

    सो अवसरमा कोषका तर्फबाट बोल्नु हुँदै उपकार्यकारी निर्देशक विवेक पन्थीले सामाजिक सुरक्षा कोषमा आबद्ध भएकोमा ऐरावति गाँउपालिकालाई हार्दिक बधाई तथा शुभकामना दिनुभयो । जनताको जीवनयापनमा आइपर्ने सामाजिक सुरक्षाका विभिन्न समस्याहरुको समुचित सम्बोधन गर्न सामाजिक सुरक्षा अपरिहार्य भएको बताउनु हुँदै ऐरावति गाँउपालिकाको यस अभियानले सकारात्मक सन्देश प्रवाह गरेको बताउनुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार