• होमपेज
  • समाचार
    राजनीतिसमाज
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • स्वास्थ्य
  • सूचना तथा प्रविधि
  • विविध
  • सम्पर्क

मिथिला परिक्रमाका यात्रीको मुसलमान सुमदायद्वारा बिदाइ


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, चैत्र ४, २०८०

  • महोत्तरी, ४ चैत : मिथिला मध्यमा परिक्रमाका यात्री आज बिहान आठौँ दिनको यात्रामा निस्केका छन् । सातौं दिनको रात्रि विश्राम बलवा–१० ध्रुवकुण्डमा गरेका यात्रीलाई आज बिहान मुस्लिम समुदायले बिदाइ गरेका छन् । हिन्दू –मैथिल परम्पराको मिथिला माध्यमिकी यात्रामा वर्षौँदेखि ध्रुवकुण्डमा मुस्लिमले यात्रीको स्वागत र बिदाइ गर्ने परम्पराजस्तै बनेको छ । मुस्लिम समुदायका अगुवाले आज बिहान अबको यात्रा सुखद् होस् भन्ने कामना गर्दै यात्रीको बिदाइ गरेका हुन् ।
    विश्रामस्थल ध्रुवकुण्ड वरिपरि मुस्लिम बसोबास बाहुल्य छ । आफ्नो ठाउँमा बसेका यात्री आज बिहान अघिल्लो यात्रामा निस्कनअघि मुस्लिम अगुवाले धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भावको स्थानीय परम्परा अनुशरण गर्दै यात्रीको बिदाइ गरेका हुन् । “हामी वर्षौँवर्षदेखि मिलेर बसेका छौँ, आफ्ना ठाउँमा आएका अतिथिको स्वागत र बिदाइ मिथिलाको स्थापित परम्परा हो”, ध्रुवकुण्ड नजिकैको अधियानपुर बस्तीका शेष अमानुल्ला भन्नुहुन्छ । यसले फरक धर्म परम्परा र संस्कृतिबीच आपसी प्रेम र सद्भावको सकारात्मक सन्देश प्रवाह गर्ने शिक्षण पेसाबाट अवकाश लिनुभएका अमानुल्लाको भनाइ छ । जिल्लामा मुस्लिम समुदाय (इस्लाम धर्मावलम्बी) को सघन बसोबास रहेको धमौरामा मिथिला मध्यमा परिक्रमाको सातौँ दिनको विश्रामस्थल ध्रुवकुण्ड छ । सत्ययुगमा राजकुमार ध्रुवले तपस्या गरेका ठाउँ मानिने ध्रुवकुण्डलाई हिन्दूले पवित्र धार्मिकस्थल मान्ने गरेका छन् । मध्यमा परिक्रमाका यात्रीको स्वागत र बिदाइको अवसर आफूहरूले पाउनु गौरवको कुरा भएको मुस्लिम धर्मावलम्बी बताउँछन् ।
    यात्री आइपुग्दा स्थानीय संस्कृतिअनुसार गम्छा ओढाएर र बिदाइ गरिँदा सुपारीका टुक्रा हातमा दिने चलन छ । प्रतीकात्मकरूपमा केही यात्रीको स्वागत र बिदाइ हुने गरे पनि बासस्थलमा बस्ने ठाउँको प्रबन्ध, आकस्मिक उपचार सेवा र अन्य भइपरि आउने काममा मुस्लिम सबैका लागि उपलब्ध रहँदै आएका देखिन्छन् । मिथिलामा सुपारीको टुक्रा बिदाइका बेला दिने गरिएको परम्परा अघिल्लो निम्ता पनि मानिन्छ । यसको भाव आइरहनोस् है भन्ने हुने धमौराका बासिन्दा अवकाशप्राप्त शिक्षक सुशील यादव बताउनुहुन्छ । धमौैराका धमौराबजार, रौजाबजार र अधियानपुरको माझमा ध्रुवकुण्ड छ । यी वरपरका बस्ती मुस्लिम बाहुल्य भए पनि आफूहरूको वास्तामा कुनै कमी महसुस नहुने गरेको यात्री बताउँछन् । यहाँ आइपुग्दा र निस्कँदा स्थानीय मुस्लिमले गर्ने स्वागत र बिदाइ परम्परा सामाजिक, सांस्कृतिक तथा धार्मिक सद्भावको खास नमूना भएको अग्निकुण्ड मठका महन्थ नवलकिशोर दास शरण बताउनुहुन्छ । धमौरा हिन्दू र मुस्लिम परम्पराको आस्थाको स्थल हो ।
    यहाँ हिन्दू परम्पराको ध्रुवकुण्ड र इस्लाम परम्पराको रौजामजार छन् । रौजामजार इस्लाम धर्म परम्पराका सुफी सन्त गदालीबाबा, बहारअलीबाबा र रहमतअलीबाबाको पवित्र मजार (समाधिस्थल) रहेको ठाउँ हो । हिन्दूहरु मजारस्थलमा श्रद्धा जनाउँदै मन्नत (आशिष) माग्न पुग्छन् । रौजामजार र ध्रुवकुण्ड आफ्नो ठाउँ चिनाउने पवित्रस्थल भएकाले आपूmहरूको समान चासोमा पर्ने यस ठाउँका हिन्दूमुस्लिम बताउँछन् । माध्यमिकी परिक्रमाका यात्री ध्रुवकुण्ड आएपछि उनीहरूको आवास, भोजन, उपचार र अन्य आवश्यक प्रबन्धमा हिन्दू र इस्लाम धर्मावलम्बी नबाँडिएझै रौजामजारको व्यवस्थापन, आवश्यक प्रबन्ध र प्रचारप्रसारमा पनि हिन्दू र इस्लाम धर्मावलम्बी सँगसँगै लागिपर्ने गरिएको धमौराबजारका बासिन्दा ८० वर्षीय हासिम कवारी बताउनुहुन्छ ।
    मिथिलामा १५ दिने यो परिक्रमाका यात्रीले पाँच रात महोत्तरीमा बिताउने परम्परा छ । चौथो दिनको विश्रामका लागि मटिहानीबाट सुरु भएको महोत्तरीको यात्रामा यात्री पाँचौँ दिन जलेश्वर, छैटौँ दिन मडै, सातौँ दिन ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवनमा बास बस्ने गर्छन् । आज मध्याह्न कञ्चनवनमा यात्रीले एकापसमा रङअबिर खेलेपछि फागु पर्वमा रङअबिरको प्रयोग खुल्ने मैथिल मान्यता छ । कञ्चनवनपछि परिक्रमा धनुषा प्रवेश गर्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    १२ औं महाधिवेशन भ्रामक रूपमा प्रस्तुत गरिएको कार्यक्रम – गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्ड

    १२ औं महाधिवेशन भ्रामक रूपमा प्रस्तुत गरिएको कार्यक्रम – गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्ड

    हङकङमा एनआरएन गठन

    हङकङमा एनआरएन गठन

    सर्वोच्च अदालत बार एशोसियसनको अध्यक्ष पद रिक्त हुँदा उपाध्यक्ष वा निर्वाचन – कुन मार्ग उचित ?

    सर्वोच्च अदालत बार एशोसियसनको अध्यक्ष पद रिक्त हुँदा उपाध्यक्ष वा निर्वाचन – कुन मार्ग उचित ?

    विश्व सम्पदा क्षेत्र पशुपतिनाथमा ‘दिव्य पशुपतिनाथ अभियान’ को सुरुवात

    विश्व सम्पदा क्षेत्र पशुपतिनाथमा ‘दिव्य पशुपतिनाथ अभियान’ को सुरुवात

    आपतकालीन उद्दारमा ड्रोन प्रयोग गर्न उडान र प्राधिकरणबिच समझदारी पत्रमा हस्ताक्षर

    आपतकालीन उद्दारमा ड्रोन प्रयोग गर्न उडान र प्राधिकरणबिच समझदारी पत्रमा हस्ताक्षर

    मनास्लु क्षेत्र घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि

    मनास्लु क्षेत्र घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि

    ताजा अपडेट
    • १२ औं महाधिवेशन भ्रामक रूपमा प्रस्तुत गरिएको कार्यक्रम – गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्ड

    • हङकङमा एनआरएन गठन

    • सर्वोच्च अदालत बार एशोसियसनको अध्यक्ष पद रिक्त हुँदा उपाध्यक्ष वा निर्वाचन – कुन मार्ग उचित ?

    • विश्व सम्पदा क्षेत्र पशुपतिनाथमा ‘दिव्य पशुपतिनाथ अभियान’ को सुरुवात

    • आपतकालीन उद्दारमा ड्रोन प्रयोग गर्न उडान र प्राधिकरणबिच समझदारी पत्रमा हस्ताक्षर

    • मनास्लु क्षेत्र घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि

    • हात्तीको त्रासः घर भत्कियो, अन्न सखाप

    • जलजला जोड्ने पदमार्ग निर्माण

    • एनआइएमबी बैंक बिरुद्ध एनभिएले गर्यो आन्दोलनको घोषणा

    • प्राध्यापक बन्दना मिश्र ‘मधु’ को ‘कविताको अन्नप्राशन’ लोकार्पण

    • एक हप्ते एड्भान्स फेसन डिजाइन तालिम सम्पन्न

    • अब बुकीपाटन पुग्न पदमार्ग र काठेपुल

    • ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन सुरु

    • सेभियामा FfD4 साइडइभेन्टमा युवाहरूद्वारा न्यायोचित वित्तको नेतृत्व

    • पारित संकल्प प्रस्ताव कार्यान्वयनका लागि सरकारले ध्यान दिनुपर्छ : महासंघ अध्यक्ष वली

    • वीरगञ्ज भन्सार : भारतबाट आयात चार खर्ब ३४ अर्ब, निर्यात ८७ अर्ब

    • मिसन ८४ का लागि चम्कँदै पर्सा–३ मा रुपेश पाण्डेय

    • झम्क तिमल्सिनाको दोस्रो उपन्यास `विमुक्ति´ को लोकार्पण

    • युवा उद्यमशीलता विकासका लागि व्यवसायिक तालिम सम्पन्न

    • स्वदेशमै उद्यम गरौं : सुरेन्द्र बस्नेत, उपाध्यक्ष, राष्ट्रिय युवा परिषद्

    • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा, किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    • जापानमा पुस्तक बेचेर ब्लड क्यान्सर पीडित कवि नवराजलाई सहयोग

    • विद्यार्थीहरूको मानसिक स्वास्थ्य प्रवर्धनका लागि शिक्षक तालिम कार्यक्रम सम्पन्न

    • गायक हसन राईलाई पूर्वेली लोक आधुनिक विधामा ‘द बेस्ट सिंगर अवार्ड’

    • सौन्दर्य प्रतियोगिता मिस विभा–मिस ग्राण्ड नेपाल २०२५ को आवेदन खुल्ला

    • पर्सा–३ मा निर्वाचनको सरगर्मी: स्थानीय पूर्वाधार, शिक्षा, स्वास्थ्य र धार्मिक पर्यटनलाई प्राथमिकतामा राख्दै पाण्डेय चुनावी दौडमा

    • परम्परागत सीपमा आधारित युवा सञ्जालको अध्यक्षमा राज कार्की सर्वसम्मत चयन

    • मालदिभ्समा बस्ने नेपालीहरुको पासपोर्ट नविकरणका लागि घुम्ती सेवा सञ्चालन

    • ‘ललितपुर क्लाइम्बिङ फेस्टिभल’ को छैटौं संस्करणमा भव्य रूपमा सम्पन्न

    • सोलुखुम्बुका राजु खड्का युवा संघको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित

    • युवा संघको उपाध्यक्ष पदका उम्मेदवार प्रकाश गौतम भन्छन्- युवालाई उद्यमशिलतातर्फ जोड्नुपर्छ

    • युवा संघको उपाध्यक्षमा प्रकाश गौतमको उम्मेदवारी दर्ता

    • सुटमालाका सीईओ राज कार्की प्रधानमन्त्रीबाट सम्मानित

    • तुलसी सिवाकोटीको ‘पैसा ठुलो रैछ’ सार्वजनिक

    • चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा

    • ‘हेल्लो काँशीराम’को गीत ‘झ्यामकी मादल झ्याम’ सार्वजनिक

    • ‘हेल्लो काँशीराम’ को टिजर सार्वजनिक, देशको व्यथितीमाथि तिखो व्यङ्ग्य

    • ड्रोन दर्ता शुल्क अत्यधिक वृद्धि गरिएकोमा विमान संघको ध्यानाकर्षण

    • ‘हेल्लो काँशीराम’ को प्रमोशनका लागि दीलिप रायमाझी नेपाल आउने

    • ‘हेल्लो काँशीराम’ मा दिलिप रायमाझीसँग प्रियंका कार्कीको ठुम्का

    • विज्ञान, जलस्रोत र जलवायु परिवर्तनबारे सञ्चारकर्मी र वैज्ञानिकको सहकार्य आवश्यक

    • सुरक्षित पानी, स्वस्थ जिन्दगानी

    • काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा वाग्ले नियुक्त

    • चौध वटा सङ्घीय अस्पतालमा नयाँ सेवा थप गरिने

    • नेपाल कमर्स क्याम्पस बाट बि•बि•एस मा सर्वोत्कृष्ट स्थान हासिल गरेका बिशाल रोकाहा स्ववियु अध्यक्ष पदको उम्मेदवार

    • आजको मौसम : यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

    • आजको मौसम : यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

    • घरजग्गा कारोबारबाट फागुनमा चार अर्ब राजस्व सङ्कलन

    • भैरहवामा धम्म यात्रा सम्पन्न, बाटोमा फूल छरेर भिक्षुको स्वागत

    • नेपालका एक सय पच्चिस भाषाको लेखन सहजताका लागि अब एउटै ‘फन्ट’

    • सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

    • थकाली समुदायमा ‘तोरन ल्ह’ पर्वको रौनक

    • सिंहदरबार ग्यालरी बैठक भवनको ‘रेट्रोफिटिङ’ को भौतिक प्रगति २० प्रतिशत

    • पुरूष र महिला क्रिकेट खेलाडीको नयाँ केन्द्रीय सम्झौता सार्वजनिक

    • लहानमा निःशुल्क मुटु तथा मधुमेह परीक्षण शिविर

    • मुलुकमा व्यावसायिक वातावरण निर्माणका लागि अध्यादेश ल्याइएको हो: गृहमन्त्री लेखक

    • दयाहाङ राईदेखि पूर्वमिस नेपाल निकिता चाण्डकको अभिनय रहेको ‘राजागञ्ज’

    • डच भाषाशास्त्री जर्ज भान ड्रिमद्वारा लिखित ‘अ ग्रामर अफ लिम्बू’ को विमोचन

    • बिज् एजुकेसनले भोलीदेखि ग्रान्ड युके एड्मिसन रोड शो गर्दै, सहभागी हुनेले खाली हात फर्किनु नपर्ने

    • स्ट्रबेरीखेतीबाट वार्षिक ३० लाख आम्दानी

    • तयार भयो ‘बजेट क्यालेण्डर: करिब १९ खर्ब हाराहारीको बजेट लेखिँदै

    • ‘जापान नेपालको हितैषी र विकासको सहयात्री’

    • ‘काठमाडौँ विश्वविद्यालयमा विदेशी विश्वविद्यालयबाट सेमेष्टर प्रणालीको ‘क्रेडिट ट्रान्सफर’ गर्न मिल्ने’

    • नेपाल–इटाली वाणिज्य तथा उद्योग संघको ११ औं वार्षिक साधारण सभा सम्पन्न

    • नेपालमा आजदेखी पहिलोपटक क्यानोनिङ उत्सव हुँदै

    • कालीगण्डकीमा केराको ‘फाइबर’बाट हस्तकलाका सामग्री

    • बागमती गोल्डकप : चर्च ब्वाइज र मच्छिन्द्र क्लब भिड्दै

    • व्यावसायिक कफीखेतीमा जुट्दै हतुवागढीका किसान

    • अमेरिकाबाट संघीयताका नाममा र धर्म बेच्ने नाममा रकम हिनामिना गर्नेलाई कारबाही गर – ज्ञानेन्द्र शाही

    • महाशिवरात्रिमा पशुपतिनाथ आउने साधुसन्तलाई आवासीय सुविधा दिइने

    • युएसएडअन्तर्गतका कार्यक्रममा भएको खर्च सार्वजनिक गर्न माग

    • सांसदहरुद्वारा पाथिभरामा केबलकार निर्माण तत्काल रोक्न माग

    • नेप्से परिसूचक ११ अङ्कले बढ्दा कारोबार रकम पनि बढ्यो

    • प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

    • राष्ट्रियसभाद्वारा सरकारको ध्यानाकर्षण

    • कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित

    • अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप : नेपाल र म्यानमाबीचको खेल बराबरी

    • क्यान्सर रोगसँग संघर्षरत बालबालिकालाई सहयोग पुर्‍याउन एलायन्सको स्थापना

    • अमेरिकाबाट नेपाललाई प्रदान गरिएका विभिन्न शिर्षकको सहयोग रकमको हिसाब खोज्नुपर्छ – ज्ञानेन्द्र शाही

    • ‘फेस अफ स्मार्ट किड्स २०२४’ को ग्राण्ड फिनाले सम्पन्न, गौरव र प्राव्यालाई उपाधि

    • तीन लाख भन्दा बढीले अवलोकन गरे दक्षिण एसियाली दोस्रो अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी

    • प्रमोद खरेलको स्वरमा ‘किन रूनु हुन्न र मर्दले’ सार्वजनिक

    • मनाईयो लैंङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान

    • छेकबार लगाएपछि मानव–वन्यजन्तु द्वन्द्व घट्यो

    • मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ः करिब एक लाख पर्यटक भित्र्याउने तयारी

    • विश्वकपमा छनोट भएका महिला क्रिकेट खेलाडी सम्मानित

    • बेलायतको युक्लान युनिभर्सिटि पढेर फर्किएका विद्यार्थीलाई बिज एजुकेसनको सम्मान

    • ‘डब्लुटीएम’मा नेपालद्वारा विश्व पर्यटन उद्योगकको ध्यानाकर्षण

    • नेपाल–बङ्गलादेशबीच जनता जनतामा सम्बन्ध विस्तार हुनुपर्छ : ऊर्जामन्त्री

    • टिकटक, नेटफ्लिक्ससहित २० अन्तर्राष्ट्रिय कम्पनी विद्युतीय सेवा करमा दर्ता

    • एक करोड गीतादान र ज्ञानाश्रम निर्माण गर्ने उद्देश्य सहित विराट महायज्ञ सुरू

    • ‘प्रथम नेपाल स्याउ महोत्सव–२०८१’ आयोजना हुँदै, गुणस्तरीय स्याउ पठाउने फार्मलाई १० लाख रुपैंयाँ पुरस्कार

    • ‘नाडा अटो शो २०२४’ मा यूनोकल ल्बुरिकेन्ट र ओजन ब्याट्रीको उत्साहजक सहभागीता

    • ‘ट्राभल मार्ट’को ४७औँ संस्करण थाइल्याण्डमा, नेपालसहित २५ देशका प्रतिनिधि सहभागी

    • मध्यभोटेकोसी जलविद्युत् आयोजनालाई चाँडो सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन

    • अपर म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण सुरु

    • हिउँपहिराले थुनिएको बोक्सी खोला बग्न थाल्यो

    • लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्का सदस्यलाई आचारसंहिता

    • सुनकोशी-मरिन डाइभर्सन आयोजना समय अगावै सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन

    • मुलुकको विकासका लागि एकता जरूरी छ : उपसभामुख मगर

    • एउटै मञ्चमा ११ वटा मौलिक तीज गीत विमोचन

    • सुम्निमाको नयाँ म्युजिक भिडियो

    • अनुसन्धानमा आधारित नयाँ पुस्तक बजारमा

    • युट्युब च्यानल सञ्चालकहरू कारबाहीमा

    • खीर खाने दिन : स्रष्टा भेटघाटमा प्रधानमन्त्री

    • अपर अरुण जलविद्युत् आयोजना शीघ्र अगाडि बढाउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    • सिमलताल घटना : बस खोज्न प्रयोग गरिएको १९ किलोको चुम्बक त्रिशूलीमा हरायो

    • पेरिस ओलम्पिकमा नेपालका श्यान्टु पराजित

    • विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे

    • आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

    • हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री

    • एक वर्षमा नौ परियोजनाका लागि करिब तीन खर्ब लगानी स्वीकृत

    • नियमअनुसार नै विद्युत बक्यौता उठाइन्छ : प्रधानमन्त्री

    • नेपाल एसिया कपबाट बाहिरियो

    • मेटलाइफ र कर्मयोग फाउन्डेशनको साझेदारीमा सार्वजनिक विद्यालयमा अन्तरक्रियात्मक प्लेस्केपको निर्माण

    • गायिका शारदा रसाईलीको ‘ए जोडा’ गीतको म्युजिक भिडिओ सार्वजनिक

    • आज भानु जयन्ती : भानुगृह पुनःनिर्माणको पर्खाइमा चुँदीरम्घा शिखरकटेरी

    • सिमलताल बस दुर्घटना : यात्रुको खोजी पुनः गरिँदै

    • कालीगण्डकी कोरिडोर तीन दिनदेखि अवरुद्ध

    • ‘चीन र श्रीलङ्कासँग डिजिटल कारोबार सम्झौताको अन्तिम तयारी’

    • अठहत्तर वर्षयताकै सर्वाधिक वर्षा कञ्चनपुरमा

    • बाढीपहिरोबाट हालसम्म ८० को मृत्यु, पाँच बेपत्ता

    • सिटिइभिटीका विद्यार्थीलाई ऊर्जा मन्त्रालयका परियोजनामा सहभागी गराइने

    सम्पर्क

    फ्रन्टलाईन नेपाल प्रालीद्वारा संचालित
    ठेगाना : नयाँ बानेश्वर, काठमाडौं‌                              सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर : १९२० – ०७६/०७७

    इमेल : [email protected]                       सम्पर्क  : ९८५१००५७५६/ ९८२३२४९५१९

    Quick Links

    • राजनीति
    • अर्थ
    • समाज
    • घटना
    • अन्तर्वार्ता
    • देश
    • मनोरंजन
    • खेलकुद
    • शिक्षा
    • विविध
    • स्वास्थ्य
    • धर्म-संस्कृति

    हाम्रो टिम

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क

    © 2025 All right reserved to FrontlineNepal.com  | Site By : SobizTrend Technology