फ्रन्टलाईन नेपाल शनिबार, साउन १२, २०८१

‘फेसबुक र ट्वीटर बन्दको भ्रामक सूचना ’


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, फाल्गुन १९, २०७५

  • काठमाडौं , फागुन १९ ।  काठमाडौँ –सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल फेसबुक र ट्वीटर बन्द गर्नेसम्बन्धी कुनै सूचना प्रकाशित नभएको जनाएको छ ।

    मन्त्रालयका सह–सचिव एवं प्रवक्ता ऋषिराम तिवारीले आइतबार विज्ञप्ति जारी गर्दै मन्त्रालय, सूचना विभागको नाम राखी फेसबुक र ट्वीटरजस्ता सामाजिक सञ्जाल पूर्णरुपमा बन्द गरिनेजस्ता सूचना भ्रामक भएको बताएका छन् ।

    यस्ता सूचना फेसबुकलगायतका सामाजिक सञ्जाल प्रयोगकर्ताबाट पोष्ट गरी टिप्पणीसमेत गरिएको सम्बन्धमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।

    मन्त्रालय र अन्तर्गतबाट कुनै पनि सामाजिक सञ्जाल बन्द गर्नेसम्बन्धी सूचना प्रकाशित नभएको बताउँदै विज्ञप्तिमा गलत सूचना प्रवाह गर्ने व्यक्ति उपर कानूनी कारवाही गर्न प्रक्रिया शुरु भइसकेको तथा सामाजिक सञ्जाल सञ्चालकलाई भ्रामक सूचना सामाजिक सञ्जालबाट हटाउन अनुरोध गरिसकिएको जनाइएको छ ।

    त्यस प्रकारको गलत र भ्रामक सूचना आ–आफ्नो सामाजिक सञ्जाल खाताबाट पोष्ट, रिपोष्ट, लाइक गरेको भए हटाउन र नगर्नसमेत मन्त्रालयले सम्बन्धित सबैलाई विज्ञप्तिमा अपिल गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट