बागमती प्रदेश मन्त्रिपरिषद् विस्तार


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, चैत्र १७, २०८०

  • मकवानपुर, १७ चैतः बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता जगन्नाथ थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गर्नुभएको हो ।

    नवनियुक्त मन्त्री थपलियालाई प्रदेशप्रमुख शर्माले आज साँझ पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । थपलिया दोस्रोपटक प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री बन्नुभएको हो । उहाँले यसअघि २०७९ पुस २६ गते सो मन्त्रालय सम्हालनुभएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार