ओपन २ इन १ स्नूकर प्रतियोगिता सिजन ४ः प्रतिभा र खेलकुदको उत्सव


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, साउन २२, २०८१

  • काठमाडौं । द गुड शट स्नूकर क्लबले ‘ओपन २ इन १ स्नूकर प्रतियोगिता सिजन ४’ को आयोजना गरेको छ । कपन ११, बुढानिलकण्ठ, नजिकैको आनी गुम्बामा भइरहेको यस बहुप्रतीक्षित प्रतियोगिताले नेपालभरिका स्नूकर खेलाडिहरुको ध्यान आकर्षित गरेको छ ।

    प्रतियोगितामा स्नोकरको उत्कृष्ट प्रतिभा र कडा प्रतिस्पर्धा देख्न सकिने छ । प्रतियोगितामा दुई मुख्य टोलीहरूले उत्कृष्ट उपाधि सहित नगद पुरस्कार प्राप्त गर्ने छन् । २ समुहलाई प्रथम, द्वितिय र तृतिय पुरस्कार प्रदान गरिएको यो नेपालमै पहिलो पटक भएको आयोजकले दावी गरेको छ । टोली ‘ए’ मा पहिलो पुरस्कार रु.५० हजार, दोस्रो पुरस्कार रु.२० हजार, तेस्रो पुरस्कार रु.१० हजार र उच्च ब्रेक पुरस्कार रु.१० हजार रहेको छ भने टोली ‘बी’ मा पहिलो पुरस्कार रु.३० हजार, दोस्रो पुरस्कार रु.१० हजार, तेस्रो पुरस्कार रु.५ हजार र उच्च ब्रेक पुरस्कार रु.५ हजार रहेको छ ।

    खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न आठ विधाका ट्रफीहरू प्रदान गरिनेछ । यो कार्यक्रमको मुख्य प्रायोजक पासाङ तामाङ, फूरी माया तामाङ, र छोरा काजी लामाले रहेका छन् । अन्य प्रायोजकहरूमा पाहुना प्रायोजक, शार रेस्टुरेन्ट बौद्धस सवारी प्रायोजक, एभरेस्ट एनफिल्ड, यात्रा प्रायोजक, टाकतोक ब्रदर्स ट्रेक र एक्स्पिडिसनस कफी प्रायोजक, माउन्टेन जाभा कफी कम्पनीस नेपाल मल्ल ट्रेक्स र एक्स्पिडिसन र डिजिटल मिडिया प्रायोजक, प्रोजेक्टाइल क्रियशन्स रहेका छन् ।

    त्यस्तै प्रतियोगितालाई सफल बनाउन नेपाल माउन्टेनीयरिङ एसोसिएसनका सदस्य लामा बाबु शेर्पा, माउन्टेनर फुरा जम्बु शेर्पा लगायतको पनि सहयोग रहेको विश्व कीर्तिमानी पर्वतारोही तथा द गुड शट स्नूकर क्लबका अध्यक्ष लाक्पा देन्डी शेर्पाले बताए । उनका अनुसार एक सय ३० भन्दा बढी सहभागीहरू रहेको प्रतियोगिता एक हप्ता सम्म उच्च स्तरको स्नूकरहरुको साथ रमाईलो म्याचहरू सञ्चालन हुनेछ । सात दिनसम्म चल्ने यो कार्यक्रमको पहिलो दुई दिनको छनोट चरण भने पूरा भइसकेको छ । यो प्रतियोगिता नेपालको पहिलो प्रमुख स्नूकर प्रतियोगिताको रूपमा एउटा महत्वपूर्ण पाईला हो ।

    जसले देशका विभिन्न कुना काप्चाहरूका प्रतिभा पहिचान र प्रोत्साहन गर्ने उद्देश्य राखेको शेर्पाको भनाइ छ । उनले भने, ‘यसलाई वार्षिक कार्यक्रम बनाउन योजना छ । यसले नेपालभरका स्नूकर खेलाडीहरूलाई आफ्ना कौशलता प्रदर्शन गर्न र उच्च स्तरमा प्रतिस्पर्धा गर्न मञ्च प्रदान गर्ने छ ।’ सहभागी र आयोजक दुवैबाट देखिएको उत्साह र सकारात्मकताले नेपालमा स्नूकरको उज्ज्वल भविष्यको संकेत गरेको छ । प्रतियोगिता अगाडि बढ्दै गर्दा, प्रशंसक र सहभागीहरू रोमाञ्चक म्याचहरू, उत्कृष्ट खेल भावना सहित नेपाली स्नूकर प्रतिभाको उत्सवको प्रतीक्षा गरिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट