दुई फुटबल लिजेण्डः प्रतिस्पर्धामा बितेको जीवन


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, फाल्गुन २९, २०७५

  • काठमाडौं , फागुन २९ ।  काठमाडौँ –फुटबल लिजेण्ड अर्जेन्टिनाका स्टार खेलाडी म्यारोडोनाको उदयसँगै फुटबल फ्यानहरुले ब्राजिलियन स्टार पेलेसँग तुलना गर्न थाले । त्यस लगत्तै पेले र म्यारोडोना एकअर्कालाई कटाक्ष गरेर बोल्न थाले ।

    एकअर्काकाे खेल जीवन हेर्ने हो भने आफ्नो खेल जीवनमा पेले र म्यारोडोनाले धेरै सफलता हात पारेका छन् । पेले भन्छन्,‘मैले मेरो फुटबल करिअरमा १३६३ खेल खेले जसमा १२८१ गोल गर्न सफल भए ।’ तर, उनको दाबीमा भने केही अस्पष्टता रहेको छ । त्यस्तै म्यारोडोनाको पनि उस्तै समस्या रहेको छ । पेलेले सान्तोस र न्युर्योक क्लब र राष्ट्रिय टिम ब्राजिल गरेर ६६९ आधिकारीक खेल खेले । उनले ती खेलहरुमा ६२६ गोल गर्न सफल भए । उनको खेल अनुसार गोल अनुपात ०.९६ जुन अर्जेन्टिनाक लिजेण्डभन्दा धेरै राम्रो उपलब्धि हो ।

    म्याराडोनाले सबै गरेर ४९२ वटा आधिकारीक खेल खेले । तीनवटा फरक क्लबबाट खेल खेलेका उनले २५८ गोल गरेका थिए । उनको खेल अनुसार गोल अनुपात ०.५२ रहेको छ । पेलेले ब्राजिल र अमेरिकामा रहेर फुटबल खेले । तर, उनले खेलेका लिगलाई युरोपियन क्लबसँग तुलाना गर्ने हो भने त्यति प्रतिस्पर्धात्मक मानिदैन ।

    युरोपियन प्रतिस्पर्धामा पेलेको तुलानामा कम गोल गरेका म्याराडोनाको गोल संख्यालाई लिएर विवाद समेत हुने गथ्र्यो र अझै पनि हुने गरेको छ । ब्राजिलबाट उनले ९२ खेल खेलेका थिए जसमा उनले ७७ गोल गर्न सफल भए । १२ गोल उनले विश्वकपमा गरेका थिए । म्यारोडोनाले राष्ट्रिय टोलीबाट ९१ खेल खेले जसमा उनले ३४ गोल गर्न सफल भए । उनले विश्वकपमा ८ गोल गरेका थिए ।

    तर, गोलका आधारमामात्र को सर्वोत्कृष्ट खेलाडी भन्न नमिल्ने धेरै फुटबल पण्डितहरुको भनाइ रहेको छ । जब पेले र म्याराडोनाले पाएका उपाधिहरुको विषय चल्छ तब व्यक्तिगत अवार्ड तथा उपाधिहरु कसको कति भन्ने चर्चा चल्छ । हरेक खेलाडीको सपना हुन्छ राष्ट्रिय टोलीबाट फुटबल खेलिसकेपछि देशलाई विश्वकप जिताउने । यी दुवै खेलाडीले उक्त सपना साकार पार्न सफल भए । तुलानात्मक हिसाबले हेर्ने हो भने पेलेले ३ वटा फिफा विश्वकप जित्न सफल भएका छन् । म्याराडोनाले एकपटकमात्र विश्वकप जित्न सफल भए । दुवै खेलाडीले फिफा वल्र्डकप गोल्डेन बल प्राप्त गरेका छन् ।

    म्याराडोनाले दुईवटा घरेलु लिग उपाधि जित्न सफल भएका छन् भने पेलेले १० वटा घरेलु लिग उपाधि जित्न सफल भएका छन् । म्याराडोनाले दुईवटा घरेलु कप उपाधि जित्न सफल भएका छन् भने पेलेले दुईवटा कोपा लिभर्टाडोर्स कप जित्न सफल भएका छन् । दुवै खेलाडीले ‘फिफा प्लेयर अफ दी सेन्चुरी अवार्ड’ पाएका छन् ।

    पेले आफ्नो जीवनकालका धेरै खेल ब्राजिलबाट खेले । सान्टोस क्लबलाई १० वटा लिग जिताएपछि उनी न्युयोर्क एमएलसमा खेल्न गएका थिए । म्यारोडोनाले सन् १९८६ मा सबैलाई आकर्षित गर्ने खेल प्रदर्शन गरे । उनको जीवन कालका दुई सर्वोत्कृष्ट गोल गर्न उनी सफल रहे । खेल मैदानको मध्यभागबाट धेरै खेलाडीहरुलाई छलाउँदै गरेको सानदार गोलको चर्चा आज पनि उत्तिकै हुने गरेको छ ।

    उक्त गोललाई फिफाले ‘गोल अफ दि सेन्चुरी’ को रुपमा लियो । यस्तै गोल उनले बेल्जियम विरुद्धको खेलमा पनि गरेका थिए । त्यस्तै सन् १९८६ कै विश्वकपमा म्याराडोनाले हातले गोल गरे । धेरै पटक रिप्लेमा हेरेपछिमात्र ह्याण्डबल थाहा भएको थियो ।

    उक्त गोललाई ‘भगवानको हात’ भनिएको थियो । उनले केही सिजन बार्सिलोनाबाट पनि खेल खेले । त्यसपश्चात उनी इटालियन क्लब नेपोली गएका थिए । नेपोलीलाई लिग उपाधि जिताउन उनी सफल रहे । त्यस्तै क्लबलाई युइफए कप पनि जिताउन सफल भए ।

    म्याराडोनाले इटालियन र स्पेनिस जस्ता प्रतिस्पर्धात्मक क्लबबाट खेल खेलेका कारण पनि उनको फुटबल क्षेत्रमा ठुलो प्रभाव देखियो । पेलेले भने आफ्नो जीवनकालमा ब्राजिलियन क्लब र अन्तिममा केही सिजन अमेरिकी क्लबमा रहेर बिताए ।

    एकजनाले तर्क गर्नसक्छ ब्राजिलले पेलेबिना सन् १९५८ र १९७० को विश्वकप जित्न सफल रह्यो । तर, म्याराडोनाले सन् १९८६ को विश्वकप जिताउन सफल भए जसमा उनी बाहेक अर्को विकल्प देखिएन ।

    विभिन्न बेला को खेलाडी फुटबल इतिहासकै सर्वोत्कृष्ट खेलाडी भन्नेमा यी दुवै खेलाडीहरुबीच पनि विवाद रहेको छ । उनीहरु एकअर्कालाई कटाक्ष गर्ने, तिखो व्यंग गर्ने समेत गरेका छन् । एकअर्कालाई लक्षित गर्दै विवादास्पद बयान दिने समेत पेले र म्याराडोना माहिर रहेका छन् ।

    उनीहरुको बीचको यो सम्बन्ध अझै पनि उस्तै रहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार