सोसल मिडियाको प्रयोगबाट कसरी आम्दानी गर्न सकिन्छ ?


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, चैत्र ४, २०७५

  • केही अनुसन्धानहरुले बताए अनुसार हरेक व्यक्तिले एक दिनमा कम्तिमा दुई घण्टा सोसल मिडियामा बिताउने गर्छ । अझ सोसल मिडियाका एडिक्टहरुले त त्यो भन्दा बढी नै समय बिताउछन् । गेम खेल्न, च्याट गर्न, कल गर्न मात्र होईन सोसल मिडियाबाट मनग्गे पैसा आम्दानी गर्न सकिन्छ । तपाई यसलाई कसरी प्रयोग गर्नुहुन्छ भन्ने कुरामा भर पर्छ ।

    इन्स्टाग्राम
    इन्स्टाग्राम धेरै युवायुवतीहरुबिच लोकप्रिय छ । बिशेषगरी फोटो पोस्ट गर्नका लागी चर्चित यो एपमा बिभिन्न स्वदेशी तथा कम्पनिहरुले विज्ञापन दिदै आएका छन् । तपाईंको आफ्नै नाममा खोलिएको इन्स्टाग्राम एकाउन्ट होस्, या कुनै क्षेत्रलाई लक्षित गर्दै खोलिएको एकाउन्ट होस्, राम्रोसंग चलाउन सक्यो भने यसबाट पैसा आर्जन गर्न सकिन्छ । सेलिब्रिटीहरुले एउटा पोस्ट अनुसार पैसा लिने गरेका छन् । आफूले पोस्ट गरेको फोटोले अत्यधिक लाइक्स बटुल्छ भने स्वयं विज्ञापनदाताहरुले तपाईलाई सम्पर्क गर्न सक्छन् । वा, आफै पनि विज्ञापनदातासंग सम्पर्क गर्न सकिन्छ । पहिले पहिले फोटो मात्र अपलोड गर्न मिल्ने इन्स्टाग्राममा अचेल भिडियो पनि अपलोड गर्न सकिन्छ । काठमाडौंका विवेक लामिछानेले इन्स्टाग्राममा पढन्ते एकाउन्ट खोलेको धेरै भएको छैन । उनले यस एकाउन्टमार्फत नया नया पुस्तकहरुको ब्यापार गर्छन् । काठमाडौं उपत्यकाभित्र निःशुल्क पुस्तक डेलिभरी सेवा दिदै आएका विवेकले इन्स्टाग्राममार्फत गरेको पुस्तक ब्यापारले निकै राम्रो बजार लिईरहेको छ ।

    फेसबुक
    यदि तपाई फेसबुकबाट पैसा कमाउन चाहनुहुन्छ भने तपाईसंग धेरै लाईक्स भएको पेज हुन जरुरी छ । यदि एकाउन्टमा नै धेरै लाइक्स आउछ, रिच धेरै नै छ भने एकाउन्टबाटै पनि पैसा कमाउन सकिन्छ । कति कमाई हुन्छ भन्ने कुरा पेजको लाइक्सका आधारमा हुन्छ । बिभिन्न ब्राण्डहरुले फेसबुकमार्फत विज्ञापन गरिरहेका हुन्छन् । पेजहरुले लाइक्स, कमेन्ट र सेयरिङका आधारमा पैसा लिने गरेका छन् ।

    चलचित्रसंग प्याकेज हुन्छ । गीत, ट्रेलर, त्यो बाहेक अरु सूचना दिने कि विदेसी ब्राण्डले राम्रो पैसा दिन्छ । नेपालीहरुले पनि फेसुबकका लागी पनि पैसा छुट्याउने गरेको छ । केही सेलिब्रिटीहरुले पोस्ट अनुसार पैसा लिने गरेका छन् । कुन क्षेत्रमा तपाईंले ब्यापार गर्ने रहर गर्नु भएको छ ? खानपान, मनोरन्जन, विज्ञान तथा प्रविधी जुन क्षेत्रलाई लक्ष्य राखिएको त्यही क्षेत्रका विषयवस्तु राखेर पेज चलाउने, क्रमशः लाइक्स बढाउने । त्यही आधारमा आफ्नो ब्यापार बढाउन सकिन्छ ।

    युट्युब
    संसारभर लोकप्रियता कमाउदै गएको युट्युबका प्रयोगकर्ताहरुको संख्या नेपालमा पनि दिनानुदिन बढ्दै गएको गएको छ । रेडियो, टेलिभिजन, पत्रपत्रिका भन्दा युट्युब हेर्नेहरुको संख्या बढ्दै गएको पाईन्छ । रेडियो, टेलिभिजनमा प्रशारण भएका कार्यक्रम एक पटक हेरेपछि दोहोर्‍याएर सुन्न, हेर्न मिल्दैन । तर युट्युबमा भने जुनसुकै बेला पनि हेर्न, सुन्न सकिन्छ । यहि सहजताका कारण पनि यसका प्रयोगकर्ताहरु बढ्दै गएका हुन् । यदि युट्युबमा तपाईंको आफ्नो एकाउन्ट भने यसमार्फत पैसा आर्जन गर्न सकिन्छ । त्यसका लागी तपाईंको च्यानल मोनिटाइज हुन जरुरी छ । सन् २०१८ पछि युट्युबले केही नियम परिवर्तन गरेको छ ।

    तपाईंले नया जिमेल एकाउन्टमार्फत कुनै च्यानल खोलेपछि सूरुमा कम्तिमा १ हजार सब्सक्राइब र भिडियोहरु चार घण्टा हेरिएपछि मात्र च्यानल मोनिटाइज हुन्छ । त्यसपछि मात्र भ्युजका आधारमा कमाई सूरु हुन्छ । आफूले अपलोड गरेका भिडियोहरु बाहेक कुनै कम्पनिका प्रमोशनल भिडियो बनाएर पनि कमाई गर्न सकिन्छ । त्यसका लागी सूरुमा आफ्नो च्यानलको पहिचान बलियो बनाउन जरुरी छ । कुन क्षेत्रमा काम गर्ने हो ? खानपान, मनोरन्जन, विज्ञान तथा प्रविधी ? त्यसमा स्पष्ट भएर काम गर्दा अझ प्रभाबकारी हुन्छ । झापाका भाग्य न्यौपानेले आफ्नो च्यानल तात्तातो खबरमा नयानया प्रतिभाहरुसंगको भिडियो राख्छन् । त्यस्तै झापाकै गणेश भट्टराईले ओर्जिनल खबरमा नया ठाउ पुगेर अनौठा प्रतिभाहरुको भिडियो खिच्छन् । युट्युबकै कमाइले भाग्य र गणेशले आफ्नो खर्च धानिरहेका छन् ।

     

    टिकटक
    टिकटक एपको प्रयोगबाट पनि मानिसहरु पैसा आर्जन गर्न सक्छन् । यदि तपाईमा कुनै कला, प्रतिभा छ भने भिडियो बनाएर टिकटकमा राख्न सकिन्छ । चाहे क्यारिकेचर गर्नुहोस्, वा चाहे डान्स,  १५ सेकेन्डको भिडियो बनाएर तपाईंले टिकटकमा अपलोड गर्न सक्नुहुन्छ । तपाईंले बनाएका भिडियोहरुको लोकप्रियताका आधारमा बिभिन्न कम्पनि, चलचित्र निर्माताहरुले निश्चित बजेट दिएर आफ्नो कामको प्रचार–प्रसार गर्न सक्छन् ।

    ट्वीटर
    ट्वीटरले नेपालमा त्यती कमर्ससियल रुपमा गईसकेको सकेको छैन । फेसबुक जति आम मानिसमाझ ट्वीटर लोकप्रिय भईसकेका छैन । कुनै कम्पनि, ब्राण्डहरुको आधिकारीक ट्वीटर एकाउन्ट म्यानेज गरेर काम गर्न सकिन्छ । सोसल मिडिया म्यानेजरका रुपमा बिभिन्न कम्पनि, संघ, संस्थाहरुमा काम गर्न सकिन्छ ।

    त्यसबाहेक यसरी पनि कमाउन सकिन्छ :
    यदि तपाईं फोटोग्राफीमा रुचि राख्नुहुन्छ, राम्रा राम्रा फोटोहरु खिच्नुभएको छ भने त्यसैलाई बेचेर पनि आम्दानी गर्न सकिन्छ । डिएसएलआर क्यामेरा वा कुनै महंगै क्यामेराले खिचेकै हुनुपर्छ भन्ने छैन । यदि फोटाग्राफी कला छ भने मोबाइलले खिचेकै तस्विरहरु पनि बिक्रि गर्न सकिन्छ । मोबाइलमा VSCO एप डाउलोड गर्नुभयो र यसबाट फोटो खिच्नुभयो भने राम्रो खालका तस्विर लिन सकिन्छ । यसरी खिचिएका तस्विरहरुलाई फ्लीकरमा अपलोड गर्न सकिन्छ । त्यस्तै स्न्यापवायर, मोबाइलप्रिन्ट्स र Twenty20 मा आफ्नो पोर्टफोलियो क्रियट गरेर खिचिएका तस्विरहरु अपलोड गर्ने हो भने इच्छुकहरुले खरिद गर्न सक्छन् । तर त्यसका लागी समय, शक्ति खर्चिनुपर्ने हुन्छ । आफुमा लेख्ने कला छ भने सोसल मिडिया कन्टेन्ट राइटरका रुपमा पनि काम गर्न सकिन्छ ।

    त्यस्तै टम्बलर र इन्स्टाग्राममा आफूले कोरेका आर्टहरु पोस्ट गर्न सकिन्छ । यदि तपाईका आर्टहरु भाइरल बने, आम मानिसहरुमाझ पुगे भने बिग कार्टेल र Etsy मार्फत पनि बिक्रि गर्न सकिन्छ । यदि तपाईमा बोल्ने कला छ भने साउन्ड क्लाउडमा गएर आफ्नो अडियो अपलोड गर्न सकिन्छ । म्युजिक कम्पोज गर्ने कला छ भने साउन्ड क्लाउडमा अपलोड गर्नुहोस् । बिभिन्न कम्पनिहरुका लागी अडियो विज्ञापनहरु उत्पादन गर्न सकिन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार