सिके राउतले फेरे पार्टीको नाम, नयाँ दल ‘जनमत पार्टी’


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, चैत्र ४, २०७५

  • यतिखेर चर्चाको पात्र बनेका छन् डाक्टर चन्द्रकान्त (सिके) राउत । स्वतन्त्र मधेस गठबन्धन सञ्चालन गर्दै आएका राउतले नयाँ दल गठन गरेका छन् । उनले गठन गरेको पार्टीको नाम ‘जनमत पार्टी’ राखिएको छ । सिरहाको लहानमा चैत ३ र ४ गते भएको गठबन्धनको राष्ट्रिय परिषद् बैठकले नेपालको संविधानभित्र रहेर नयाँ पार्टी निर्माण गरी निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ । बैठकले चुनाब चिन्ह अष्टदल राख्ने निर्णय गरेको छ ।

    राउतले गठन गरेको जनमत पार्टीमा ३५ सदस्यीय केन्द्रीत समिति रहने व्यवस्था गरेको छ । उक्त पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिने बैठकले निर्णय गरेको छ । विज्ञप्तिमा जनाईए अनुसार पार्टी निर्वाचन आयोगमा दर्ता भएपछि केन्द्रीय समितिको संख्या बढाईनेछ ।

     

    विज्ञप्ति

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार